सुरक्षाकर्मीलाई सचेत रहन निर्देशन
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सुरक्षाकर्मीलाई सचेत रहन निर्देशन दिएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकमा देशका विभिन्न भागमा साम्प्रदायिक गतिविधिहरु बढिरहेको विषयमाथि छलफल भएको थियो । बैठकपछि जारी विज्ञप्तिमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण सम्बन्धमा समीक्षा भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला केही दिनहरुमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधिहरु,