विशेष समाचार

खाना पकाउने ग्यास  सिलिण्डर २१५ ले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार (भोलि) बिहान १ बजदेखि लागु हुने गरी मूल्य बढाइएको हो । खाना पकाउने ग्यासको मूल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको छ ।  यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौँ । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ ।  आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व, यज्ञ तथा ठुला कार्य

प्रधानमन्त्री प्रचण्ड स्वदेश प्रस्थान

चीन । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण सकेर आज स्वदेश प्रस्थान गरेका छन् । एक साताको औपचारिक भ्रमणका लागि असोज ६ गते चीन पुगेका प्रचण्ड छेन्दुबाट आज (शनिबार) बिहान नेपाल प्रस्थान गरेका हुन् । उनलाई सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए । प्रधानमन्त्रस् प्रचण्डले चीन भ्रमणको पहिलो दिन असोज ६ गते हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेका थिए । उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

सुर्खेत। मोटरसाइकलको ठक्करबाट सुर्खेतमा पाँच वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको आठविस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका पाँच वर्षीय टुकदर्शन गिरी रहेकाको  प्रहरीले जनाएको छ ।  वीरेन्द्रनगरको एरिचोक–मुलपानी खण्डमा मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई कर्णाली केयर अस्पतालमा लिइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको प्रहरीले जनाएको छ । अहिले आफन्तहरूले वीरेन्द्रनगरको

सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ घाइते

सल्यान । सल्यानको छत्रेश्वरीमा गएराति जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका- ५ तीर्थपोलेमा लु १ ज १८६१ नम्बरको जिप दुर्घटना हुँदा सल्यानकै शारदा नगरपालिका- १२ तिमिलेकी करिब ७५ वर्षीया ध्रुवी बोहरा र शारदा- १५ बरलाका ४५ वर्षीया मुना सेजवालको मृत्यु भएको प्रहरीले जनाएको छ। छत्रेश्वरी गाउँपालिका- ५ लेखपोखराबाट शारदा नगरपालिका- १२ कागखोला तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले

जनमतले भन्यो–कुनै पनि दलसँग एकता वा गठबन्धन गर्दैनौँ

काठमाडौँ । जनमत पार्टीले कुनै पनि दलसँग एकता र गठबन्धन नगर्ने प्रष्ट पारेको छ । बिहीबार पत्रकारसँगको छलफलमा जनमतका प्रवक्ता डा. शरदसिंह यादवले अन्य दलसँग राजनीतिक सम्बन्ध राख्ने तर पार्टी एकता र गठबन्धन नगर्ने प्रष्ट पारेका हुन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्ध रहेको भन्दै उनले पार्टी एकता र गठबन्धन भने नगर्ने बताए ।  यस्तै प्रवक्ता यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सप्तरीमा चुनाव लडेपछि मनमुटाब भएको तर अहिले त्यस्तो नरहेको पनि

सुदूरपश्चिम विश्वविद्यालयको ताला साठी दिनपछि खुल्यो

दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिपछि खुलेको हो । विश्वविद्यालय प्रशासन र नेकपा९एकीकृत समाजवादी० निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुबीच विश्वविद्यालयका नियुक्ति विश्वविद्यालयको ऐन, नियमबमोजिम गर्ने, विश्वविद्यालयको ऐनबमोजिम समायोजन गर्ने र गत भदौमा परीक्षा नियन्त्रक कार्यालयमा भएको तोडफोडपछि अनेरास्ववियुका नेतालाई लगाएको मुद्दा फिर्ता लिने सहमतिपछि केन्द्रीय कार्यालयको ताला खुलेको

मंगोलियामाथि नेपालको फराकिलो जित

काठमाडौं । चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध नेपालको सानदार जीत हात पारेको छ । मंगोलियासँग आज (बुधबार) भएको खेलमा नेपालले २ सय ७३ रनको विशाल अन्तरले जीत हात पारेको हो। युवा ब्याटर कुशल मल्लको शतक, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धसतक प्रेरित नेपालले मंगोलियालाई तीन सय १५ रनको लक्ष्य दिएको थियो। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै तीन सय १४

२२ प्रहरी कर्मचारीहरु सम्पर्कविहीन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका २२ प्रहरीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । बुधबार सूचना प्रकाशित गर्दै प्रहरी हेडकवार्टरले एक महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन रहेका ४ प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो । सम्पर्कविहीन हुने प्रहरी सहायक हवलदारहरूमा प्रहरी प्रशिक्षण कार्यालयमा कार्य विभागको मर्यादापालक इकाइमा कार्यरत अमित श्रेष्ठ, प्रहरी प्रभाग नेपालटारमा कार्यरत कमल श्रेष्ठ, काठमाडौं उपत्यका ट्राफिक प्रहरी

बारामा भारतीय युवकको गोली हानी हत्या

बारा । बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा एक भारतीय युवकको गोली हानी हत्या भएको छ । मंगलबार साँझ करिब ६ बजे २२ वर्षीय अजित कुमार सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो । सिंह भारतको मोतहारी जिल्लाको सुक्लहिया गाउँ निवासी भएको खुलेको छ । प्रहरीका अनुसार सिंहसँगै सोही ठाउँ बस्ने २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहानी र २० वर्षीय कामेश्वर सहानी