विशेष समाचार

बारामा भारतीय युवकको गोली हानी हत्या

बारा । बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा एक भारतीय युवकको गोली हानी हत्या भएको छ । मंगलबार साँझ करिब ६ बजे २२ वर्षीय अजित कुमार सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो । सिंह भारतको मोतहारी जिल्लाको सुक्लहिया गाउँ निवासी भएको खुलेको छ । प्रहरीका अनुसार सिंहसँगै सोही ठाउँ बस्ने २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहानी र २० वर्षीय कामेश्वर सहानी

काठमाडौं महानगर र अभियन्ता ईःबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शनरत ईः सहितका अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन भएको छ । तत्कालका लागि निश्चित समयका लागि व्यापार गर्न दिने गरी छलफल भएपनि अन्तिममा वार्ता निष्कर्षविहीन बनेको हो । ईः ले ८ दिनदेखि मेयर र उपमेयरको कार्यालय राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरिरहेका छन् । सोमबार मेयर बालेन शाहले उनलाई ‘वान टु वान’ वार्ताका लागि भन्दै राष्ट्रियसभा गृह अगाडि

लुम्बिनी सरकारद्धारा राउटेहरुलाई दशैँ खर्च प्रदान

तुलसीपुर । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ खर्च उपलब्ध गराएको छ । मङ्गलबार दशैँ खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दशैँ खर्च उपलब्ध गराइएको हो । अर्थमन्त्री धनबहादुर मास्कीले दशैँ खर्च वापत रु २५ हजार उपलब्ध गराएका हुन् । सुर्खेतबाट आएका राउटेका मुखिया विर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई उक्त रकम हस्तान्तरण गरिएको हो । उनीहरु प्रत्येक वर्ष तीज, दशैँ र तिहारमा सरकारसँग खर्च माग गर्दै

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने सरकारको प्रतिवद्धता

काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सरकारले प्रतिवद्धता जनाएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा हरेक स्वास्थ्य सस्थामा उपचारबारे कुनै गुनासो भए उजुरी गर्ने पेटिका राख्ने र कानुन हातमा लिने प्रयास गरे हुने कारबाहीबारे सूचना राख्न पनि सरकार तयार भएको छ । साथै अहिले

ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल

काठमाडौं । राष्ट्रिय सभा गृहको गेठमा १८८ घण्टादेखि उभिइरहेका अभियन्ता इ: सँग वार्ता गर्न काठमाडौं महानगरपालिकाले वार्ता टोली गठन गरेको छ । काठमाडौं महानगरभित्रकाले फुटपाथ व्यवसायीलाई विकल्प विना हटाइएको लगायत विषयलाई लिएर अभियन्ता इ: १८८ घण्टादेखि राष्ट्रिय सभा गृहको गेटमा उभिइरहेका छन् । उनीसँग वार्ता गर्न महानगरले प्रवक्ता तथा १७ नम्बर वडाका अध्यक्ष नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनेको हो। आजै बिहान उपमेयर सुनीता डंगोल अभियन्ता ईःलाई भेटेकी थिइन्। उनले

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १५ जना घाइते

लमही । काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ, लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कर्णाली प्रदेश०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको र घाइते यात्रुहरूको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए । बसमा ४५ जना यात्रु सवार थिए । के कति कारणले दुर्घटना भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सर्वोच्चले मंसिर २८ मा  प्रचण्डविरुद्धको मुद्दामा फैसला सुनाउने

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा मंसिर २८ गते फैसला सुनाउने भएको छ । आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले अन्तिम सुनुवाइ गर्दै सात वर्ष पुरानो मुद्दामा फैसला सुनाउने मिति तोकेको हो । द्वन्द्वकालीन मुद्दाबारे प्रचण्डले २०७३ वैशाखमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । आइतबार दुवैतर्फको बहस

तरकारी बोकेको जिप सल्यानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रोल्पाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटनामा हुंदा दुई जनाको मृत्यु भएको हो । जिप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको प्रहरीले बताएको छ।  मृतक दुबै जना पुरुष हुन्। उनीहरूको सनाखत हुन बाँकी रहेको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले

संरक्षणमा राखिएकी महिला कालीकोटमा मृत भेटिइन्

कालीकोट: संरक्षणमा राखिएकी एक महिला कालीकोटमा मृत फेला परेकी छन्। सदरमुकाम मान्ममा गैरसरकारी संस्था सोसेकद्वारा सञ्चालित महिला तथा बालबालिका केन्द्रको संरक्षणमा राखिएकी सानीन्त्रिवेणी गाउँपालिका-१ लुसाकी २५ वर्षीया गीताकुमारी जैसी शाही मृत फेला परेकी हुन्। उनी झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। सेल्टरमै आइतबार बिहान ९ बजे उनी मृत भेटिएको प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए। घटनाबारे बिहानै थाहा भए पनि बेलुकामात्र आफन्त आएकाले मुचुल्का उठाउन

दसैँ लक्षित गरेर देशभरको सडक मर्मत गर्दै सरकार

काठमाण्डौं : दसैँका लागि उपत्यका छाड्ने र दसैँ मनाएर भित्रने लाखौं सङ्ख्याका यात्रु लक्षित गरेर सरकारले देशभरको सडक मर्मतको काम सुरु गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले सरकारले युद्ध स्तरमा सडक मर्मत सम्भारको काम सुरु गरेको बताए । ‘देशभर सडक मर्मत सम्भारको काम सुरु भएको छ । भत्किएका र खाल्डाखुल्डी भएका सबै राजमार्ग र निर्माणाधीन अवस्थामा रहेको सडक समेत दसैँ लक्षित मर्मत हुँदै छन्,’ रिजालले रातोपाटीसँग