‘एक भागवत् र एक गीता’ नाममा रिलिज गर्ने सहमती
काठमाण्डौं: चलचित्रको नाम परिवर्तन गर्नुपर्ने भन्दै केही धार्मिक संगठनहरुले विरोध गर्दै आएको चलचित्र ‘एक भागवत् गीता’को नामलाई लिएर भएको विवाद सहमतीमा टुंगिएको छ । आइतबार चलचित्र विकास बोर्डको हलमा भएको छलफलमा चलचित्रको नाममा केही परिवर्तन गर्ने गरी ‘एक भागवत् र एक गीता(सामाजिक कथा) राख्ने सहमती भएको हो । नाममा सहमती भएसँगै अब चलचित्रलाई सेन्सरका लागि सिफारिश दिन चलचित्र विकास बोर्ड तयार भएको छ । छलफलमा चलचित्र विकास बोर्डको हलमा अध्यक्ष