भैरहवाबाट आजदेखि हङकङ र नयाँ दिल्लीमा नियमित उडान हुने
बुटवल : नेपाल वायुसेवा निगमले आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्लीमा नियमित उडान गर्दैछ । निगमले काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान गर्न लागेको हो । भैरहवाबाट मंगलबार हप्ताको एकदिन एक उडानबाट सेवा सुरु गरिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । अहिले हप्ताको एकदिन उडान गरेर माग र बजार व्यवस्थापन अनुसार उडानको संख्या थप्दै लगिने निगमले जनाएको छ । निगमको समय तालिकाअनुसार बिहान ८ः१५