पाँच एसएसपीहरुको सरुवा, काठमाडौं परिसरमा खत्री
काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलको निर्णयले नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ। सरुवामा काठमाडौं प्रहरी प्रमुखमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी भुपेन्द्र बहादुर खत्रीको सरुवा भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको प्रमुखमा एसएसपी सोमेन्द्र सिंह राठौरको सरुवा भएको छ । त्यस्तै डा. मनोज कुमार केसीको महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा निर्देशनालय, सानुराम भट्टराईको राष्ट्रिय सुरक्षा परिषद सचिवालय र दान