चार दिने भ्रमणका लागि नेपाल आइपुगिन एमसिसी उपाध्यक्ष सुमार
काठमाडौं । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चार दिने भ्रमणमा लागि बिहीबार बिहान काठमाडौं आइपुगेका छन् । उनीहरू बिहान कतार एयरवेजबाट काठमाडौं आइपुगेका हुन् । विमानस्थलबाट उनीहरू कमलपोखरीको मेरियट होटलमा गएका छन् । उपाध्यक्ष सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ । एमसिसीबारे पछिल्लो समय नेपालमा विरोध प्रर्दशन भइरहेकाले उनीहरूको सुरक्षालाई ध्यानमा राखी