विश्व

नेपाल प्रहरीले गर्यो दिल्लीवाट महिला र बालकको सफल उद्धार

काठमाडौं । इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले नेपालबाट दिल्ली लगिएका एक महिला र बालकको उद्धार गरेकोछ । सिरहा नगरपालिका ७ स्थित आफ्नै घरबाट गत मङ्सिर २७ गतेदेखि वेपत्ता भएका २३ वर्षीया महिला र उनका ५ वर्षीय तथा ३ वर्षीय छोराको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा भारतको नयाँ दिल्लीबाट शनिबार शकुशल उद्दार गरेको हो । उनीहरू घरबाटै वेपत्ता भएको र भारत बिहारको दरभंगा बस्ने दिपक पासवानसँग रहेको अवस्थामा दिपकका आफन्त भारतीय

फागुन अन्तिमसम्ममा नेपालले भारतसँग २० लाख डोज भ्याक्सिन खरिद गर्ने

काठमाडौं । सरकारले भारतसँग २० लाख डोज भ्याक्सिन खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसँग २० लाख डोज भ्याक्सिन खरिद गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार यसै महिनाको अन्त्यसम्म भारतबाट खोप आइसक्नेछ । तीनसाताअघि सरकार र भारतको सेरम इन्स्टिच्युटबीच खोप खरिदबारे सहमति भएको थियो । कृषिमन्त्री पद्मा अर्यालका अनुसार मन्त्रिपरिषद् बैठकले भारतसँग खोप खरिद गर्ने निर्णय गरेको छ ।

भारतको मध्यप्रदेशमा ५४ यात्री सवार वस नहरमा खस्यो

काठमाडौं । मध्यप्रदेशको सिधिमा मंगलबार बिहान बस दुर्घटना भएको छ । यात्रीले भरिएको बस बाणसागर नहरमा खसेको हो । हालसम्म २५ को शव भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । स्रोतका अनुसार बसमा ५४ यात्री सवार थिए । अधिकारीले मृतकको संख्या ४५ जनाभन्दा बढी हुन सक्ने आशंका गरेका छन् । ७ यात्रुको उद्धार गरिएको छ भने ड्राइभरले पौडी खेलेर आफ्नो ज्यान बचाए । उनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको भारतीय

कोरोना भाइरसको संक्रमणबाट एक साताभित्र विदेशमा थप दुई नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा यो साता थप दुई नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या ३३५ पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समिति संयोजक सन्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार १२१ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ

जापानमा ७ रेक्टरको शक्तिशाली भूकम्प

काठमाडौं । जापानमा शनिबार राति शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार राजधानी टोकियो नजिकै फुकुसिमा प्रान्त केन्द्रबिन्दु भएर ७ रिक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु ३०६ उत्तरपूर्व रहेको छ भने सुनामीको समेत चेतावनी दिइएको छ । हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन । भूकम्प स्थानीय समयानुसार रातिको ११ बजेर १३ मिनेटमा गएको हो ।

भारतमा गोली हानेर पाँच जनाको हत्या दुई जना घाइते

काठमाडौं, १ फागुन । भारतमा गोली हानेर पाँच जनाको हत्या भएको छ । भारतको हरियाणामा शुक्रबार गोली हानेर पाँच जनाको हत्या भएको हो । हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चलेको हो । समाचार एजेन्सी एएनआईका अनुसार घटनामा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएको छ । समाचारमा पुरानो रिसिइबीका कारण एउटा समूहले गोली चलाएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको छ । दृष्टिन्युज

नयाँ दिल्ली आसपासमा ६.१ रेक्टर स्केलको भुकम्पको धक्का

काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली आसपासमा शुक्रबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र भारतका अनुसार राति १० बजेर ३१ मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । केन्द्रका अनुसार ताजकिस्तानको जमिनबाट ८० किलोमिटर गहिराईमा भूकम्पको केन्द्रबिन्दु परेको छ । यसअघि आजै राजस्थानमा पनि भूकम्पको झड्का महसुस गरिएको थियो ।

म्यानमारमाथि प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा

काठमाडौं । अमेरिकाले अब म्यानमारमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपति बाइडेनले बुधबार म्यानमारमा सैनिक कूको योजना बनाउने, कू गर्ने सेनाका जनरल र उनीहरूका परिवारका सदस्यहरूलाई प्रतिबन्ध लगाउने गरी आदेशमा हस्ताक्षर गरेको हो ।   आदेशमा हस्ताक्षर गरेपछि अमेरिकीले पहिलो चरणमा एक साताभित्र कसलाई के—केमा प्रतिबन्ध लगाउने भन्ने निर्क्यौल गर्ने बाइडेनको भनाई छ । पहिलो चरणमा अमेरिकामा

विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ६५ लाख ५५ हजार २०६ जनामा कोरोना संक्रमण भइसकेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ३४ हजार ६४८ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख ३३ हजार ४४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १० हजार ७०२ जनाको

बार्सिलोनामाथी सेभियाको जीत

एजेन्सी । स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा सेभियाले क्याटलान क्लब बार्सिलोनालाई २–० ले पराजित गरेको छ । रमन सान्चेज पिजुआन सेभियामा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा जुलेस कुन्डे र इभान राकिटिचले गोल गरे । खेलको २५औं मिनेटमा जुलेस कुन्डेले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले आफ्नो जोनबाट बल अघि बढाउदै राकिटिचसँग एक पास देख्लै डिफेन्डर स्यामुइल उम्टिटीलाई बिट गर्दै गरेको प्रहारलाई बार्सिलोनाका