अस्ट्रेलियाको टापुमा अलपत्र परेका कम्तीमा ३८० वटा ह्वेलको मृत्यु
बीबीसी। अस्ट्रेलियाको तास्मानिया द्वीपमा अलपत्र परेका करिब ३८० वटा ह्वेलको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। यो अस्ट्रेलियामा अलपत्र परेका ह्वेलहरूको सर्वाधिक सङ्ख्या हुनसक्ने जनाइएको छ। सोमवारदेखि उक्त द्वीपको पश्चिमी तटमा सयौँको सङ्ख्यामा पाइलट ह्वेल कम पानी भएको स्थाननजिक अड्किएका छन्। बुधवारसम्म उद्धारकर्ताहरूले ५० वटा ह्वेल बचाउन सफल भएका छन् भने थप ३० लाई बचाउन उनीहरू लागि परेका छन्। तास्मानियाका अधिकारीहरूले “प्राणी जीवित रहेसम्म” उद्धार कार्य जारी रहने बताएका छन्। “पानीमा