विश्व

सोमालियाको राजधानीमा बम विष्फोट, १४ को मृत्यु

१२ कात्तिक, मोगादिशु । सोमालियाको राजधानी मोगादिशुमा दुई शक्तिशाली बम विष्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । दुई हप्ता अघि पनि मोगादिशुमा विष्फोट हुँदा ३५० जनाको मृत्यु भएको थियो । शनिबार एक कार बम विष्फोट होटलको छेउँमा भयो र त्यसको ठीक २० मिनेटपछि पुरानो संसद भवन नजिकै मिनी बसभित्र विष्फोट भयो । दुबै विष्फोटको जिम्मा इस्लामिक चरमपन्थी संगठन अल–शबाबले लिएको छ । सोमालियाका अधिकारीहरुले दुई हप्ता अघिको विष्फोटमा पनि

कुर्द राष्ट्रपति बर्जानीद्वारा पद त्याग

१३ कात्तिक, इराक । इराकको कुर्दिस्तानका राष्ट्रपति मसुद बर्जानीले पदबाट राजीनामा दिएका छन् । उनले कुर्दिस्तानलाई अलग स्वतन्त्र राज्य बनाउने संघर्षको नेतृत्व गर्दै आएका थिए । टेलिभिजनमार्फत् सम्वोधन गर्दै ७१ वर्षीय बर्जानीले राजीनामा दिएको घोषणा गरे । तर, राजीनामा दिए पनि स्वतन्त्र राज्यका लागि निरन्तर लडिरहने उनले बताएका छन् । कुर्दिस्तानमा २५ सेप्टेम्बरमा स्वतन्त्रता सम्वन्धी जनमत संग्रहसमेत भएको थियो । जनमत संग्रहमा ३० लाख मत आएको भन्दै बर्जानीले यस इतिहासलाई