शिक्षा

बागलुङको जनजागृति माविलाई प्रवासबाट २२ लाख सहयोग

१२ कात्तिक,बागलुङ । जिल्लाको गलकोट नगरपालिका-८ काँडेबासमा रहेको जनजागृति माध्यमिक विद्यालयलार्इ प्रवासीहरूले २२ लाख सहयोग गरेका छन् । विद्यालयले माघ महिनामा मनाउन लागेको हिरक महोत्सव र विद्यालयको उन्नतिका लागि भन्दै प्रवासमा बस्ने बागलुङ्गेले २२ लाख सहयोग गरेको विद्यालयका प्राध्यानाध्यापक तेजेन्द्र बुढाथोकिले जानकारी दिए । महोत्सव सफल पार्न र आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सहयोग संकलन गर्न विद्यालयका शिक्षक सोमलाल सापकोटा अहिले जापानमा रहेका छन् । जापानका विभिन्न शहरमा