समाचार

अबैध रुपमा चलिरहेको चुनढुङ्गा खानीको उत्खनन कार्य रोकियो 

काठमाण्डौं : खारास्थित चुनढुङ्गा खानी अबैध सञ्चालन रहेको भन्दै आन्दोलन गरिएपछि  तत्कालका लागि उत्खनन कार्य रोकिएको छ ।  सम्राट सिमेन्ट प्रालिले अपनाउनु पर्ने मापदण्ड र सहमती लत्याएर खानी अवैध रूपमा संचालन गरेपछि ६ वर्षदेखि स्थानीयले आन्दोलन गरिरहेका थिए ।    रुण्टीगढी गाउँपालिका–६ मुरुले लेक ऐतिहासिक, धार्मिक, जैविक तथा पर्यटकीय महत्वको क्षेत्र भए पनि शुभम् खनिज उद्योगले उक्त क्षेत्रमा चुनढुंगा उत्खननको अनुमति लिएको थियो । कम्पनीले मन्दिर नजिकैको तिम्ला गैराबाट उत्खननको अनुमति लिए

जनकमाण्डरको जिम्मेवारी प्रसाईलाई,धवलशमशेरको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन

काठमाडौं : नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई जनकमाण्डर बनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुबेदीले सो जानकारी दिएका हुन् । प्रसाईंको नेतृत्वमा भोलि शुक्रबार राजावादीहरुले काठमाडौंमा जनप्रदर्शन गर्दैछन् । त्यसको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गरिएको हो । प्रसाईं नेतृत्वमा भोलि हुने जनप्रदर्शनको अपनत्व संयुक्त जनआन्दोलन समितिले लिएको संयोजक सुबेदीले बताए । पत्रकार सम्मेलनमा बोल्दै संयोजक सुबेदीले डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार

हेटौँडामा देवरले गरे भाउजूको हत्या, दाजु गम्भीर घाइते

हेटौँडा : मकवानपुरको हेटौँडा चौकीटोलमा देवरले भाउजूको हत्या गरेका छन् । राहुल भन्ने रमेश दासले बुधवार वेलुकी ९ बजे जेठी भाउजू वर्ष ३५ की गुडिया दासलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर प्रहरीका अनुसार दाइलाई खुकुरी प्रहार गरेपछि घरका आफन्तले बुहारीलाई नदेखेपछि खोजी गरेका थिए । खोजी गर्दै जाँदा घरको माथिल्लो तलामा पहिला नै भाउजूको हत्या गरेर ढोका लगाएको पाइएको थियो ।

गोठवाट सल्केको आगोले तीनवटा घर जलेर नष्ट, १५ लाख बढीको क्षती

जनकपुर : सप्तरीको सप्तकोशी नगरपालिका ५ मा बुधवार राति आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ । स्थानीय सोम प्रसाद आचार्यले गाई गोठमा बालेको आगोबाट अचानक आगलागी भएको हुँदा तीन वटा घर जलेर नष्ट भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । गाई गोठ र सुत्ने दुई कोठा जलेपछि १५ लाखको क्षति भएको उनले बताए । आगो निभाउने क्रममा सोमप्रसाद घाइते भएका छन् । उनको हात, खुट्टा

नेपाली चलचित्रमा काम गर्ने इच्छा छ-मनिषा कोइराला

काठमाण्डौं : नेपाली फिल्म हुदै बलिउडमा स्थापित भएकी अभिनेत्री मनिषा कोइरालाले पुन नेपाली फिल्ममा काम गर्ने इच्छा रहेको बताएकी छिन । शनिबार ‘नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल’मा वक्ताको रुपमा उपस्थित भएकी मनिषाले नेपाली फिल्ममा काम गर्ने इच्छा रहेको बताएकी हुन ।  झण्डै सयभन्दा बढी बलिउड फिल्ममा काम गरिसकेकी उनले नेपाली फिल्म भने ‘फेरि भेटौंला’ र ‘धर्मा’ मात्र गरेकी छन् । सन् २०१० मा प्रदर्शन भएको ‘धर्मा’पछि पनि उनलाई थुप्रै नेपाली फिल्मबाट

इरान विश्वकप २०२६ का लागि छनोट

एजेन्सी : इरान फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ। उज्वेकिस्तानसँग मंगलवार २–२ गोलको बराबरी खेल्दै इरानले विश्वकपमा स्थान पक्का गरेको हो ।घरेलु मैदानमा भएको खेलमा इरानका लागि मेहदी तारेमीले २ गोल गरे । उज्वेकिस्तानका लागि भने खोजिमत एर्किनोभ र एब्बोस्बेक फेजुलेभले गोल गरे । खेलमा सुरुवाती अग्रता उज्वेकिस्तानले बनाएको थियो । १६औं मिनेटमा एर्किनोभले गोल गरि टोलीलाई अग्रता दिलाए । इन्टर मिलानका स्ट्राइकरले तारेमीले ५२ औं मिनेटमा गोल गर्दै

काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलिय पदार्थ नेपाल भित्रियो

झापा : चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट रु १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ । गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा रु १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले

आँखाका उपचार गर्न भारत, बङ्गलादेश र भुटानका बिरामी नेपालमा

काठमाडौं । भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् । सन् २०२४ मा सङ्घको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार आठ सय ४५ जनाको शल्यक्रिया गरिएको सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले बताए । सञ्जालमार्फत सन् २०२४

दाङको प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा आउन सकेन

दाङ : घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गए राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।  प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाका सबै ठाउँबाट दमकल र टयांकर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल ल्याउन लागिएको उनले बताए । आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम समेत

कौडा खेलिरहेका १६ जना पक्राउ

काठमाडौं : नुवाकोटमा कौडा खेलिरहेका १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका–६, खोलेगाउँका ३२ वर्षीय सुरेन्द्र तामाङसहितका व्यक्तिहरू छन् । नगद चार लाख १२ हजार ८०० रुपैयाँ, ६ बुक तास र ३२ थान कौडासहित तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा उनीहरूलाई शनिबार राति पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।