समाचार

प्रहरीका २ सय ८९ लेखा प्रमुखहरुको सरुवा

काठमाडौं । नेपाल प्रहरीले एकसाथ २८९ जना लेखापालहरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापालहरूको सरुवा गरेको हो । प्रहरीको आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसअनुसार प्रहरी कर्मचारीहरूलाई अर्को आदेश नभएसम्मका लागि लेखा प्रमुखको रूपमा कामकाज गर्ने गरी काज खटाइएको प्रधान कार्यलयले जारी गरेको सूचनामा उल्लेख छ । सरुवा भएका स्थानमा हाजिर हुन पठाउन शुक्रबारको निर्देशानुसार अनुरोध गरिएको सूचनामा भनिएको छ

वालिङ् नगर ईकाईको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पगेंनी निर्वाचित

दर्शन सुनार/कतार । स्याङ्जा सहयोग समाज कतार वालिङ नगर ईकाईले तेश्रो अधिवेशन सम्पन्न गरेको छ  । वालिङ् नगर ईकाईका अध्यक्ष बिष्णु पगेंनीको सभापतित्व तथा स्याङ्जा सहयोग समाजका अध्यक्ष प्रकाश् परियारको प्रमुख आतिथ्यतामा सम्पन्न तेश्रो अधिवेशनबाट आगामी कार्यकालको लागि अध्यक्षमा पुन: बिष्णु प्रसाद पगेंनीको नेतृत्वमा सर्वसम्मत २५ सदस्यीय कार्यसमिति चयन भएको छ । प्रथम उपाध्यक्षमा जित बहादुर थापा,दित्तिय उपाध्यक्षमा ईश्वरी ढुङ्गाना,तृतीय उपाध्यक्षमा दिपक पगेंनी,सचिबमा नारायण गैरे सह- सचिबमा डोलराज पगेंनी,कोषाध्यक्षमा नारायण क्षेत्री

साईगाऊ प्रहरीको सफलता, ५ लाख बढीको सामान बरामद

राजेश घिमिरे / वुटवल ।ईच्छा शक्ति र ईमान्दारिता भयो भने केही पनी असम्भव छैन भन्ने कुरा केही एक महिनाअघी मात्र जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी चौकी साईगाऊमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आएका प्रहरी नायव निरीक्षक विष्णु शाहीले प्रमाणित गरिदिएका छन ।  कमाण्ड सम्हाले लगत्तै अबैध भन्सार छलिको सामान नियन्त्रण, चोरी,डकैति, लागु औषध कारोबारी बिरुद्ध उत्रिएका प्रमुख शाहीले बुधवार बिहान जिल्ला प्रहरी कार्यालयका सादा पोशाकका प्रहरी समेतको सहयोगमा रु ५

मदन पुरस्कारका लागि ५ कृति छनोटमा

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि पाँच कृति छनोट गरेको छ । गुठीले मंगलवार २०८० मा प्रकाशित भएका विभिन्न ३ सय चार वटा पुस्तकमध्ये पाँच वटा कृति छनोट गरी सार्वजनिक गरेको हो । गुठीले भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ‘नुन-तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’लाई उत्कृष्ट कृतिमा छनोट गरेको छ । छनोट भएका

लुम्बिनीका मुख्यमन्त्रीसहित १० मन्त्रीको सपथ आज

नेपालगंज । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले र कांग्रेसका १० मन्त्रीहरुले आज बुधवार शपथ ग्रहण लिँदैछन् । लुम्बिनीको मुख्यमन्त्रीमा सोमबार आचार्य नियुक्त भएका हुन् । उनीहरुको अहिले बिहान १० बजे सपथ ग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने सहमति यसअघि गरेका छन् । मंगलबार राती मात्रै दुवै दलले मन्त्रीको नाम टुंगो लगाएकाे हो । एमालेका

कास्की आदर्श समाज कतारले स्थापना दिवसमा स्मारिका बिमोचन गर्ने

दर्शन सुनार/ कतार । कास्की आदर्श समाज कतारले आफ्नो स्थापना दिवस आगामी शुक्रबार मनाउने भएको छ । आफ्नो “२२ औ स्थापना दिवसको अवसर पारेर स्मारिका बिमोचन कार्यक्रम २०२४ समेत गर्ने समाजका अध्यक्ष अग्निधर देवकोटाले जानकारी दिए । २६ जुलाई शुक्रबारका दिन  १२ बजे प्लाजा मलमा रहेको वेलफेयर रेष्टुरेन्टको सभाहलमा हुने कार्यक्रममा कतारमा स्थापित विभिन्न बैचारिक संस्थाहरु,सामाजिक संघ सस्था, प्रदेश समन्वय जिल्ला संस्थाहरु, कलाकार,पत्रकार,बुद्धिजीवी ब्यवसायी समाजसेवीहरुलाई कार्यक्रममा उपस्थितहुन अनुरोध समेत गरेको छ

डीआईजी जोशीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । आज सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा गार्ड प्रमुखका रूपमा कार्यरत छन् । असार १९ मा एआईजी उमेशराज जोशीले अवकाश पाएपछि रिक्त दरबन्दीमा उनको बढुवा सिफारिस भएको हो । उनले एआईजीको ५६ वर्षे उमेर हदको कारण अवकाश पाएका थिए

नवोदित साहित्य वाचनालय कतारको अध्यक्षमा सानू थपलिया

दर्शन सुनार/कतार : ‘नवोदित साहित्यिक वाचनालय’ कतारले १६ औं अधिवेशन सम्पन्न गरेको छ। ‘भाषाको उत्थान नेपालीको पहिचान, सचेत र शिक्षित समाजको निर्माण हाम्रो अभियान’ भव्य तरिकाले अधिवेशन सम्पन्न गरिएको हो। नवोदित साहित्यिक वाचनालय कतारका अध्यक्ष नारायण निर्जल भन्डारीको सभापतित्व रहेको अधिवेशनबाट नयाँ कार्यसमिति समेत चयन गरिएको छ। आगामी कार्यकालको लागि सानू थपलिया अध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै प्रथम उपाध्यक्षमा सोम थापा, द्वितीय उपाध्यक्षमा शोभाराम ओली,मोबाईल पुस्तकालय संयोजकमा सुरेश परियार,महासचिवमा शिव

भ्रमको यात्रा

यहाँको प्रत्येक बाटोतिमीसम्म नै पुग्छन्र पनि म सधैँ बाटो छान्ने द्विविधामा छु गन्तव्य पुग्न हतार भएर पनिउभिएको छु कतै एक छेउदोबाटा, चौबाटा र सातदोबाटोहरू मलाई बेस्कन भ्रम छरिदिन्छन् आँखैअघिको बाटो नचिनेरमानिसहरू यसरी नै यात्राबाट फर्कंदा रहेछन् र, अन्तर्मनको यात्रा गरेर सन्न्यास ग्रहण गर्दा रहेछन्  फेरि तिनै स्वामीहरू, गुरुहरू, प्रव्राजकहरू अग्लो मञ्चमा बसेर मानिसलाई जीवनको पाठ पढाउँदा रहेछन् ।श्याम रिजाल-(२०७७ मंसिर २०) बाह्रखरी 

पुल नदीमा खस्दा चीनमा ११ को मृत्यु, ३० जना बढी बेपत्ता

बेइजिङ । उत्तरी चीनस्थित एक राजमार्गमा रहेका पुल नदीमा खस्दा एघार जनाको मृत्यु भएको छ भने तीस जनाभन्दा बढी बेपत्ता भएको सरकारी प्रसारणकर्ता सिसिटिभीले शनिबार जनाएको छ । प्रान्तीय जनसम्पर्क विभागलाई उद्धृत गर्दै आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार राति करिब ८ः४० बजेको भिषण वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण सानक्सी प्रान्तको साङ्लुओ नदीमा रहेको पुल भत्किएको बताएको छ । राजमार्गको पुल तल नदीमा खसेपछि “लगभग बीसवटा सवारी साधन र तीस