समाचार

केपी ओली प्रधानमन्त्रीमा नियुक्त,शपथ सोमबार

काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । प्रतिनिधिसभाको दुईवटा प्रमुख दल कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।  नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ।

कतारमा एकैदिन ४ संस्थाबाट सम्मानित भए राजु परियार

दर्शन सुनार/कतार : लोकप्रिय गायक राजु परियार कतारमा सम्मानित भएका छन्।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा कतारले आयोजना गरेको बृहत् लोक दोहोरी धमकामा आफ्नो सांगीतिक प्रस्तुति दिन कतार पुगेका लोक सम्राट परियार एकैदिन ४ संस्थाबाट सम्मानित भएका हुन्। लमजुङ सेवा समाज कतार, दलित एकता सञ्जाल कतार,परियार मित्रता समाज कतार र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतारले सनैयामा अवस्थित फूलबारी रेष्टुरेन्टको सभाहलमा शनिबार साझँ एक कार्यक्रमको आयोजना गर्दै राजुलाई

कतारमा राजु परियारको धमाका

दर्शन सुनार/कतार : लोकप्रिय गायक राजु परियारले कतारमा सांगीतिक धमाका मच्चाएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखाको वार्षिक साधारणमा राजुले आफ्नो भव्य प्रस्तुति दिएका हुन्। शुक्रबार कतारको अल लक्तामा अवस्थित ट्युनिसियन स्कुलको सभाहलमा दोहोरी गीत प्रतिस्ठान कतारले आफ्नो साधारण सभा सम्पन्न गरेको हो। कार्यक्रममा नेपाली राजदूतावास कतारमा महामहिम डाक्टर नरेश विक्रम ढकाल प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा कतारका अध्यक्ष

भाद्रमा डिआइजीदेखि इन्स्पेक्टरसम्म घर जाँदै

काठमाण्डौं ।नेपाल प्रहरीमा आगामी भदौ दोस्रो सातादेखी ठूलो संख्यामा प्रहरी अधिकृतहरु घर जाने भएका छन । आगामी भाद्र १६ मा डिआइजी विष्णुकुमारी केसी, एसएसपीहरु जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, नवीनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई, रवीन्द्र रेग्मीले अवकाश पाउँदै छन् । त्यसैगरी एसपीहरु कृष्ण प्रसाईँ, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरी कोइराला, अवदेश बिष्ट क्षेत्री, नरेन्द्रकुमार कार्की, टेकनन्द

बेपत्ता यात्रुको शव नारायणीमा भेटियो

चितवन । जिल्लाको भरतपुर महानगरपालिका-२८ स्थित नारायणी नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले उक्त शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जानकारी दिए । नदी किनारमा घोप्टो परेको अवस्थामा आज बिहान शव भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएकाले प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषिपल साहको रहेको

अत्याधुनिक हतियारसहित ३ जना लुटेरा पक्राउ

मुगु । हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समुहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित आइतबार मुगु प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ  । पक्राउ गरेको ६ जना मध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जुम्ला जिल्ला गुठिचौर गाउँपालिकाका वडा न ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन् । घटनामा संलग्न अन्य ५ जना

नेपाल मगर संघ कतारको "दशौ राष्ट्रिय मगर भेला तथा बार्षिकोत्सव" सम्पन्न

दर्शन सुनार/कतार । नेपाल मगर संघ शाखा कतारले “दशौ राष्ट्रिय मगर भेला तथा २४ औं बार्षिकोत्सव कार्यक्रम-२०२४” भब्य रुपमा सम्पन्न गरेको छ । नेपाल मगर संघ शाखा कतारका अध्यक्ष रेशम आले मगरको सभापतित्व तथा नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डि.एन. मगरको प्रमुख आतिथ्यमा “आर्थिक समृद्धि र राजनैतिक  सशक्तिकरण सहितको सचेत मगर समुदाय निर्माण हाम्रो अभियान, मगराँत सभ्यताको दस्तावेजीकरण् र मगराँत दर्शन निर्माणको पक्षमा १० औ राष्ट्रिय मगर भेला ।।”

उनी र म

ढलक्क ढल्कँदै बस उकालो लाग्दै छ । म अहिले एक्लो छु, तर उनको सम्झना गरिरहेको छु – त्यो दिनको । त्यो दिन उनी यही उकालोमा थिइन् । म छेउमा छु । उनी झ्यालको छेउ छिन् । हामी दुवै एकार्काको छेउमा छौँ । बस पहाडको छेउ उकालो लाग्दै छ । उस्तै मेरो मन पनि कुनै आनन्दमा उकालो लाग्दै छ । उनी छेउ भएको आनन्द । बसको गीतको आनन्द– रातैभरि निन्द्रा छैन आँखा झिमिझिमीयसो आँखा जोड्यो भने सपनीमा तिमीबस्यौ अलक्यैयता जोवन ढल्क्यो ढलक्कै । आज धेरै

पहिरोले कालिकोट सडक खण्ड अवरुद्ध

कालिकोट । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्न गई कर्णाली राजमार्गको कालिकोट सडक खण्ड अवरुद्ध भएको छ। कालिकोटको हुल्म बजार लगायतका तीन ठाउँमा पहिरोले अवरुद्ध भएको हो। सडक अवरुद्ध  भएपछि सुर्खेत-जुम्लाका लागि छुटेको सवारी साधनहरू बिच बाटोमा रोकिएका छन्। बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।