पोर्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रान्स सेमिफाइनलमा
एजेन्सी – पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सेमिफाइनलमा फ्रान्स पुगेको यो छैटौँ पटक हो । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेल टाइब्रेकरमा अघि बढेको थियो । टाइब्रेकरमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५-३ ले विजयी भयो । अन्य सबैले टाइब्रेकरमा गोल गरे । यसअघि दिनको पहिलो क्वाटरफाइनलमा स्पेनले जर्मनीलाई २-१