समाचार

काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलिय पदार्थ नेपाल भित्रियो

झापा : चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट रु १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ । गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा रु १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले

आँखाका उपचार गर्न भारत, बङ्गलादेश र भुटानका बिरामी नेपालमा

काठमाडौं । भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् । सन् २०२४ मा सङ्घको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार आठ सय ४५ जनाको शल्यक्रिया गरिएको सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले बताए । सञ्जालमार्फत सन् २०२४

दाङको प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा आउन सकेन

दाङ : घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गए राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।  प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाका सबै ठाउँबाट दमकल र टयांकर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल ल्याउन लागिएको उनले बताए । आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम समेत

कौडा खेलिरहेका १६ जना पक्राउ

काठमाडौं : नुवाकोटमा कौडा खेलिरहेका १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका–६, खोलेगाउँका ३२ वर्षीय सुरेन्द्र तामाङसहितका व्यक्तिहरू छन् । नगद चार लाख १२ हजार ८०० रुपैयाँ, ६ बुक तास र ३२ थान कौडासहित तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा उनीहरूलाई शनिबार राति पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

जनकपुरमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

जनकपुर : जनकपुरमा साईकल यात्रीलाई यात्रुवाहक बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । जनकपुरबाट लक्ष्मीनियाँ जाने ६ लेनको सडकखण्ड अन्तर्गत शनिबार साँझ जनकपुरबाट काठमाडौं जाँदै गरेको बागमति प्रदेश ०३–००१ ख ३४४१ नम्बरको बसले बाटो काटदै गरेको साईकल यात्रीलाई ठक्कर दिएको थियो । बसको ठक्करले लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ सिनुरजोडा बस्ने स्थानीय रबिन्द्र मण्डलको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिँहले जानकारी दिए । बस चालक

जेठ तेस्रो साता विश्व म्याराथन(एम्स)को बोर्ड बैठक नेपालमा हुने

काठमाडौं : विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बोर्ड बैठक नेपालमा हुने भएको छ ।यही जेठ तेस्रो साता काठमाडौंमा एम्सको बोर्ड बैठक हुने सुनिश्चित भएको नेपालका लागि एम्सका दुत टीएस ठकुरीले बताए । जेठ २१ र २२ गते(जुन ४–५) मा एम्सको बोर्ड बैठक हुनेछ ।कुनै पनि विधाको विश्वव्यापी फेडरेसनको बोर्ड बैठक नेपालमा हुन लागेको सम्भवतः यो पहिलो हो । यसअघि एशियाली निकायसम्मका बोर्ड बैठक तथा

प्रहरीको रिक्त १० डिआईजीमा दुइ दर्जन एसएसपीविच तिव्र प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको ६ एआईजीको बढुवा तत्काल हुने भएको छ भने डीआईजी बढुवाका लागी एसएसपीहरुको दौडधुप तिव्र रुपमा शुरू भएको छ । चैत ४ मा तत्कालीन आईजी वसन्तबहादुर कुँवरसहित अवकाश हुने क्रममा रिक्त रहेको ६ एआईजीमा त्यति नै संख्याका डीआईजी बढुवा हुँदा रिक्त डीआईजीको पद १० हुन्छ । त्यसमध्ये ४ पद अहिल्यै रिक्त छ । १० डीआईजीको पद रिक्त हुँदा त्यसका निम्ति योग्यता पुग्नेको संख्या २१ र

पहिलो दिनमै अंग्रेजी विषयको प्रश्न पत्र आउट

जनकपुर : आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्न पत्र आउट भएको छ । परीक्षा सुरु भएको केहि बेरमै प्रश्न पत्र आउट भएको हो । प्रश्न पत्र कुन परीक्षा केन्द्रबाट आउट भएको कुरा खुल्न सकेको छैन । यस बर्षको SEE परीक्षा मर्यादित बनाउन सबै परीक्षा केन्द्रहरूमा मोबाइल, स्मार्ट वाच लगायतमा प्रतिबन्ध समेत लगाएको छ ।

सात जिल्लाको सीडीओसहित १३ जनाको सरुवा

काठमाडौं : गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट आज बुधबार मन्त्रालय अन्तर्गत कार्यरत १२ सहसचिव र एक उपसचिवको पदस्थापन तथा सरुवा गरिएको छ । ६ सहसचिवको पदस्थापन, ६ सहसचिव र एक उपसचिवको सरुवा गरिएको छ । कपिलवस्तुका सीडीओ शिवप्रसाद अधिकारी, सुर्खेतका शंकरहरि आचार्य, नवलपरासीपूर्वका अरुण पोखरेल, बागलुङका नेत्रप्रसाद सुवेदी, अछामका शिवप्रसाद लम्साल र पर्वतका केदारनाथ शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ । यस्तै मन्त्रालयमा रहेका सहसचिव दिलकुमार तामाङ कपिलवस्तु, जगदिश्वर उपाध्याय सुर्खेत,

पाथीभरा केबुलकार विरोधीले गरे सडकमै सुतेर विरोध प्रदर्शन

काठमाडौं : ‘नो केबलकार समूह’ले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरुद्धमासडकमा सुतेर विरोध  गरेका छन् । बुधबार काठमाडौंमो माइतीघरको सडकमा सुतेर उनीहरुले विरोध गरेका हुन् ।बुधबार मुक्कुमलुङ ताङ्सेस्प चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरेपछि सिंहदरबार घेराउ गरेका हुन् । गृह मन्त्रालयले ‘नो केबलकार समूह’लाई वार्तामा बोलाएपनि मागहरु सम्बोधन नभएपछि उनीहरु अझै विरोधमा उत्रिएका हुन् । सांस्कृतिक सम्पदामास्ने विकास विनाश भएको भन्दै केही महिनायता पाथीभरा केवलकार सञ्चालनको विरोध