समाचार

नेपालगन्ज म्याराथनसँग वन स्टेप फाउन्डेसनको सहकार्य

नेपालगन्ज : अमेरिकामा सामाजिक कार्य गर्न स्थापित वन स्टेप फाउन्डेसन र नेपालगन्ज म्याराथन बीच किशोरी खेलाडीलाई दौडमार्फत मुल धारमा ल्याउने सम्बन्धमा सम्झौता भएको छ । समाजमा पिछडिएका र आर्थिक अवस्था कमजोर रहेका मुस्लिम, मधेसी, दलित, जनजाति समुदायका किशोरीलाई दौडमार्फत एउटै मञ्चमा ल्याई उनीहरुलाई सशक्तीकरण गराउन दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा वन स्टेप फाउन्डेसनका तर्फदेखि बालकृष्ण जोशी र नेपालगन्ज म्याराथनका तर्फबाट टीएस ठकुरीले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै वन

प्रहरीको ३१ औं आइजीपीमा दिपक थापा नियुक्त

काठमाडौं : नेपाल प्रहरीको ३१औं प्रमुख (आईजीपी) मा दिपक थापा नियुक्त भएका छन् ।  सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो ।मन्त्रिपरिषद्को निर्णयसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुख रहेका थापा आईजीपी बन्न सफल भएका छन् ।   आईजीपीका ३ जना प्रतिस्पर्धीमध्ये वरीयतामा थापा एक नम्बरमा थिए । दोस्रो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रोमा टेकबहादुर तामाङ थिए । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण

मंगवार स्ववियु निर्वाचन हुंदै, महेन्द्र बहुमुखी नेपालंजमा शाह भिड्दै

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पस/कलेजहरूमा भोली (मंगलबार चैत ५ गते) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुने भएको छ । देशभर स्ववियु निर्वाचनको सरगम चुलिंदै गइरहेको समयमा महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा केशर जंग शाहलाई अनेरास्ववियुले अध्यक्ष पदमा उम्मेदवार वनाएको छ ।  बिधार्थीहरुको पिरमर्कामा सदैव खटिएकै कारण अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आफ्नो बलियो उम्मेदवारका रुपमा अध्यक्ष पदमा शाहलाई उम्मेदवार बनाउँदै चुनावी प्रतिस्पर्धामा उतारेको छ। पछिल्लो

फूल बिक्री गरेर मासिक दुई लाख कमाउदै २५ वर्षीया सरिश्मा

बन्दीपुर : यहाँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा रु तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गरिन् । फूलको व्यापार विस्तार गर्दै गुरुङले उनले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहेकी छन् । हाल मासिक रु दुई लाख आम्दानी लिने गरेको गुरुङले बताइन् । गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै रु २० लाखसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक रु आठ–नौ लाखसम्म

मन्त्रिपरिषदले नयां आइजीपी नियुक्तिको तयारी गर्दै

काठमाण्डौं : आज सोमबार सरकारले ३१ औं प्रहरी महानिरीक्षकको टुंगो लगाउने भएको छ । एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ महानिरीक्षकको प्रतिस्पर्धामा छन्। सरकारले आज  बस्ने मन्त्रिपरिषद्‌बाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने तयारी गरेको छ। करिब ८० हजार जनशक्ति रहेको सुरक्षा संगठनको नेतृत्व चयन आज हुने भएको छ । प्रहरी महानिरीक्षक नियुक्तिमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमतालाई आधार मान्ने नियमावलीमा व्यवस्था छ। जस अनुसार एआईजी दीपक थापा महानिरीक्षक बन्ने बलियो आधार

जाँदाजाँदै आईजीले गरेको इन्चार्ज  काज आदेश गृहसचिवद्वारा रद्ध

काठमाडौं । अवकाशपूर्व निकटस्थ अधिकृतलाई काज सरुवाबाट विभिन्न युनिटको इन्चार्ज बनाउने प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरको आदेश गृह मन्त्रालयले रद्ध गरेको छ । शुक्रबार ललितपुरको चापागाउँस्थित प्रहरी बृत्त प्रमुखमा डीएसपी यामकुमार श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङमा इन्स्पेक्टर सन्तोष न्यौपानेलाई खटाउने गरी आईजी कुँवरले आदेश दिएका थिए । तर, जिल्ला ट्राफिक दाङको हकमा भएको काज आदेश शुक्रबार राति नै आईजीको आदेशलाई गृहसचिव गोकर्णमणि दवाडीले रोकिदिएका छन् । प्रहरी प्रधान

जाँदाजाँदै आईजीले दिए श्रीमती र आफ्नो बडीगार्डलाई इन्चार्जको जिम्मा

काठमाडौं । चैत ४ मा अवकाश हुने प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुवरले आफ्ना अंगरक्षक (बडीगार्ड) लाई कार्यालय प्रमुखको जिम्मेवारी दिएका छन् । पत्नीका सहयोगीलाई त्यस्तै जिम्मेवारी दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासनको परिपत्रअनुसार ललितपुरस्थित प्रहरी बृत्त, चापागाउँका डीएसपी दीलबहादुर मल्लको ठाउँमा अर्का डीएसपी यमकुमार श्रेष्ठ खटाइएका छन् । श्रेष्ठ महानिरीक्षक कुवरका अंगरक्षक हुन् । शुक्रबारकै काज सरुवाअनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङको प्रमुखको जिम्मेवारीमा इन्स्पेक्टर सन्तोष न्यौपाने

काठमाडौंमा विहानैदेखि चेकिङ, होलीको बहानामा मापसे र लापसे गरे सवारी साधन दिनभरि होल्ड गरिने

काठमाडौं : होलीको बहानामा मादक र लागुपदार्थ सेवन गरी सवारी साधनमा चलाउने क्रमलाई आज विहानैदेखि कडाइ गरिने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार आज मादक पदर्थ सेवनकर्ता (मापसे) भन्दा लागु औषध सेवनकर्ता (लापसे) बाट हुने दुर्घटनालाई बढी ध्यान दिइने भएको छ । उनका अनुसार त्यस्ता सवारी चालक फेला परेमा आफन्तको जिम्मा लगाइने र सवारी साधन दिनभरि चलाउन नपाइने गरी नियन्त्रणमा लिइने (होल्ड गरिने) भएको

आज पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइँदै

काठमाडौं । आज पहाडी तथा हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ रङ र लोला खेलेर होली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने

प्रहरीका २ जना डिएसपी एसपीमा वढुवा सिफारिस

काठमाण्डौं : नेपाल प्रहरीका २ जना प्रहरी नायव उपरिक्षक (डिएसपी) हरु प्रहरी उपरिक्षक (एसपी) मा वढुवा सिफारिस भएका छन्। बुधबार बसेको बढुवा समितको बैठकले डीएसपीद्वय रबिन कार्कि र ज्ञानेन्द्र बहादुर बस्नेतलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।