समाचार

देशभर मतदाता संख्या एक करोड ६२ लाख

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । आयोगले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार एक करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता छन् । सरकारले निर्वाचन घोषणा गरेपछि अध्यावधिक कार्य स्थगित गरेको थियो । वैशाखका लागि तोकिएको निर्वाचन भने रद्द भइसकेको छ । पुस ६ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिकसम्बन्धी कार्य चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट सुरू गर्ने निर्णय आयोगले गरेको

हत्यामा संलग्न भएको आराेपमा रोल्पा प्रहरीद्वारा तीनजना पक्राउ

रोल्पा । मंगलबार साँझ रोल्पा परिवर्तन गाउँ पालिका ६ चावाङ बस्ने बर्ष अन्दाजी ३०/३१ को बिरेन्द्र प्रकाश गिरीकाे हत्यामा संलग्न भएको आराेपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । घर जाने क्रममा धारिलो हतियार प्रयोग गरि हत्या गर्ने कार्यमा संलग्न भएको आरोपमा माडी गाउँपालिका-३ का कमल घर्ती, भिम बहादुर घर्ती र दुर्लभ घर्तीलाई प्रहरीले पक्राउ गरेको हाे ।उनीहरूलाई प्रहरीले विभिन्न इलाकालाई सिल गरि पक्राउ गरेको हाे । हत्यामा संलग्नता उनीहरूकै रहेको

ओखलढुंगाको चिशंखुगढीमा भिषण आगलागी, चुनिबोटे बस्ती जोखिममा

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नम्बर–४ मा आगलागी भइरहेको छ । रातमाटे, चुनिबोटेको वन क्षेत्रमा मंगलबार बेलुकाबाट डढेलो लागेको हो । स्थानीयस्तरमा डढेलो नियन्त्रणको प्रयास भए पनि नियन्त्रण गर्न कठिन भएको गाउँपालिकाले जनाएको छ । मंगलबार राती १० बजेदेखि लागेको डढेलो २० घण्टा बितिसकेपनि नियन्त्रणमा आउन सकेको छैन । जंगलबाट सुरु भएको डढेलो चुनिबोटे बस्तीसम्म आइपुगेको र यसलाई रोक्न सुरक्षाकर्मी तथा स्थानीयले प्रयास गरिरहेको गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा बास्तोलाले

जङ्गली हात्तीको आक्रमणबाट झापामा एक युवकको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक युवकको मृत्यु भएको छ । इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खातीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।  उनी आज बिहान बुद्धशान्ति गाउँपालिका– २ मा हात्तीको आक्रमणमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते खातीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा उपचार सम्भव नभएकाले भद्रपुरस्थित मेची अस्पतालमा सिफारिश गरिएको थियो । मेची अस्पतालमै उपचारका क्रममा उनको

सर्वोत्तम सिमेन्टले आइपिओ निष्काशन गर्दै

काठमाडौं । सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर निष्काशन गर्नका लागि प्रकृया अगाडि बढाएको छ। कम्पनीले बुधबार आइपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ भने एनआइविएल एस क्यापिटल र प्रभु क्यापिटललाई सह बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले बुक विल्डिङको माध्यमबाट आइपीओ जारी गर्न लागेको हो । कम्पनीले बिक्री गर्न लागेको चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० लाख कित्तामध्ये संंस्थागत लगानीकर्तालाई २४ लाख कित्ता, स्थानिय जिल्लावासीलाई

सहयोद्धाले साथ छोडेपछि एक्लिदै ओली

काठमाडौं । सत्तामा पुगेपछि मनपरी गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुराना सहयोद्धाले पनि छोडेका छन् । ओलीको असंवैधानिक कदम र सर्वसत्तावादी चरित्रसँग सहमती जनाउँदै आएका पुराना कम्युनिष्ट नेताहरुले ओलीको साथ छोडेका हुन् । बुधबार नेकपा एमाले (माधव–झलनाथ समूह)ले ललितपूरको सानेपामा आयोगना गरेको राष्ट्रिय भेलामा ‘झापा विद्रोह’का योद्धाहरु खुलेरै सहभागी भए । मञ्चमै देखिए । भेलामा पुराना कम्युनिष्ट नेताहरु राधाकृष्ण मैनाली, सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, कमल कोइराला, गोविन्द

ओलीका साइबर स्यालहरु अझै पनि बाँचिरहेका छन : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालहरुले ओ‌लीका साइबर स्यालहरु अझै पनि जिउँदै रहेको बताएका छन् । बुधबार खनाल-नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले नेकपा हुँदा रहेका ओलीका साइबर स्यालहरु अझै पनि बाँचिरहेको बताएका हुन् । उनले ओलीका साइबार स्यालबाट होसियर हुन आग्रह गर्दै गलत सूचनाहरु अझ आउने र कुनै पनि किसिमको अलमल नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले भने, ‘साइबर स्यालहरू अझै पनि ज्युँदै रहेछन् ।

जुवाखालबाट डिआइजीका पिएसओसहित पाँच जना पक्राउ

धनगढी । एक जुवाखालमा डिआइजीका पिएसओसहित पाँच जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१० को खमौरास्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीका अंग रक्षकसमेत रहेका प्रहरी सहायक निरीक्षक पुस्कर भट्टसहितका ५ जना पक्राउ परेका हुन । उनीहरुबाट तीन लाख ३४ हजार बरामद भएको छ । पक्राउ पर्ने अन्यमा धनगढी उप–महानगरपालिका–३ का ४५ वर्षीय डबल चन्द, वडा नम्बर ४ बस्ने ३० वर्षीय बालकृष्ण पनेरु, गोदावरी नगरपालिका–५ बस्ने

कर्णाली प्रदेश सरकारलाई दिएकाे समर्थन एमालेले फिर्ता लियो

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दल कर्णाली प्रदेशको बुधवार बसेको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमाले र माओवादी केन्द्र नेकपामा एकीकरण हुनुअघि एमालेको समर्थनमा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही मुख्यमन्त्री बनेका थिए । सर्वोच्च अदालतले पार्टी एकीकरणलाई खारेज गरेर एमाले र माओवादी केन्द्रकै अवस्थामा बिउँताइदिएपछि अहिले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमालेका

बर्दियामा पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । निउरो टिप्न गएका तीन महिलामध्ये ठाकुरबाबा नगरपालिका ७ की ५५ वर्षीय डल्ली रावतलाई बाघले लगेको र खोजी गर्दा निकुञ्जको बघौरा फाँटमा उनको शव भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएकाे छ । निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाका अनुसार महिलाको अगाडिकाे आधा शरीर बाघले खाएको अवस्थामा भेटिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रबाट बाघको आक्रमणबाट यो वर्ष मात्रै दश जनाको ज्यान गइसकेको छ