समाचार

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख नाघ्यो

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ९ हजार ९२१ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण १८ लाख ८ हजार ४१ जनाको मृत्यु भइसकेको छ ।   पछिल्लो २४ घण्टामा ४ लाख ७० हजार ४६ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा ८ करोड १९ लाख ४७ हजार ५०३ जनामा संक्रण भइसकेको छ ।

सरकारी जग्गा कीर्ते अभियोगका नेकपा नेता पुरी साधारण तारेखमा रिहा

काठमाण्डौं । विशेष अदालतको ‘निर्देशनात्मक आदेश’ पछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा नेता रेवतराज पुरी ‘गगन’लाई तारेखमा रिहा गरेको छ।३९ दिनयता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दमकका नेकपा नेता पुरी शुक्रबार तारेखमा छुटेका हुन्। पुरीलाई नियमित हाजिर हुने गरी रिहा गरिएको विभाग स्रोतले जनायो।   सरकारी जग्गा कीर्ते गरी हत्याएको अभियोगमा उनलाई विभागले पक्राउ गरेको थियो। तर, विशेष अदालतले उनलाई थुनामा राख्ने अनुमति नदिएपछि विभागले शुक्रबार रिहा गरेको हो।पुरीलाई

फाइजर–बायोएनटेक खोपलाई  विश्व स्वास्थ्य संगठनद्धारा अनुमति

जेनेभा (एएफपी) । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ ।   बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपलाई अनुमति सहित आमजनतालाई खोप दिन थालिसकेको छ । साथै यी खोप अमेरिका, क्यानाडा र युरोपेली संघमा आबद्ध मुलुक सहित अन्य कतिपय मुलुकले

पुरुषलाई मन नपर्ने महिलाका बानीहरु

काठमाण्डौं । १) महिलाहरुले खित्का छाडेर हाँसेको पुरुषले मन पाराउँदैनन् । कुनैपनि महिलाले जव आफूले गरेका गल्ती लुकाउन हाँसेर टार्ने प्रयास गर्छन भने त्यो बेला पुरुषहरुलाई रिस उठ्ने गर्छ ।   २) कुनैपनि महिलाले बारबार उठाउने यस्ता बेतुकका कुराहरु पुरुषलाई मन पर्दैन । उनीहरु के म मोटी छु,मेरो सौन्दर्य कस्तो छ, मलाई मानिसहरुले कसरी लिन्छन् जस्ता कुराहरु बारबार निकालेर पुरुषलाई हैरान बनाउँछन् तर पुरुषलाई यस्तो बानी मन पर्दैन ।  

राष्ट्रलाई स्थीर राख्न राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना गर्नुपर्छ: अध्यक्ष राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले प्रजातन्त्र जोगाउन, राष्ट्रलाई स्थीर राख्न राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना गर्नुपर्ने बताएका छन् ।   “जनताका चाहना र राष्ट्रको आवश्यकता बमोजिम उन्नत प्रजातन्त्रका निम्ति राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापना गर्नुको विकल्प छैन । समय र जनताको माग यही नै छ,” अध्यक्ष राणाले राप्रपाद्वारा शुक्रबार काठमाडौंमा आयोजित बृहद जनप्रदर्शनलाई सम्बोधन गर्दै भने ।   स्थिरता र स्थायित्व दिन्छौं भनेर डिङ हाँक्ने साम्यवादी सरकारले

काठमाडौंमा राप्रपाको प्रदर्शन, तीनै अध्यक्षले गरे सम्बोधन

काठमाडौं । सरकारको असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणलगायतका विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । ‏ काठमाडौंको भृकुटीमण्डपदेखि रत्नपार्क शान्तिवाटिकासम्म राप्रपाले प्रदर्शन गरेको छ र शान्तिवाटिकामा सभा गरेको छ । प्रदर्शनमा राप्रपाको झण्डा, राष्ट्रिय झण्डा र हिन्दु धर्मसँग आस्था राख्ने विभिन्न समूहको झण्डा लिएर प्रदर्शनकारी सहभागी छन् ।   प्रदर्शनपछिको सभामा राप्रपाका अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले सम्बोधन गरेका छन् ।

सशस्त्रमा ६ एसएसपी डिआइजी बढुवामा सिफारिस, पहिलो नम्वरमा गिरी

काठमाण्डौं । सशस्त्र प्रहरी बलका ६ जना एसएसपीको डिआइजी बढुवामा सिफारिस भएको छ । बिहीबार बसेको बढुवा सिफारिस समितिले बढुवा सिफारिस गरेको हो ।     तिव्र प्रतिस्पर्धा भएको यो बढुवामा कमल गिरीले बाजी मारेका छन् । उनी पहिलो नम्बरमा सिफारिस भएका छन् । एसएसपीमा पहिलो नम्बरमा रहेका अभि खत्री तेस्रो नम्बरमा पुगेका छन् भने विवादास्पद गतिविधिमा संलग्न गणेश ठाडा मगर दोस्रो नम्बरमा परेका छन् ।   कुल बहादुर नेम्बाङ

राजस्व अनुसन्धान कार्यालयमा रहेको कन्टेनरवाट पेस्तोल बरामद

काठमाडौं । राजस्व अनुसन्धान कार्यालय बुटवलमा रहेको एक भारतीय कन्टेनरबाट पेस्तोल बरामद भएको छ।   राजस्व छली गरेर सामान ओसारेको सुराक पाएपछि राजस्व अनुसन्धानसम्बन्धी मुद्दामा जिजे ०६ एजेड ६३५१ नम्बरको भारतीय कन्टेनरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको थियो।   जिल्ला प्रहरी कार्यालय रुपन्देही र राजस्व अनुसन्धान कार्यालयले उक्त कन्टेनर जाँच गर्दा पेस्ताेल फेला परेको को । ट्रकको एअर फिल्टरभित्र लुकाएर राखेको अवस्थामा पेस्तोल बरामद भएको हो ।    

अध्यक्ष प्रचण्डलाई भेट्न नेता गौतम खुमलटारमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । नेता गौतम आज विहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । प्रचण्ड र गौतमबीच झण्डै एक घण्टा छलफल भएको बताइएको छ । नेकपा विभाजन पछि तटस्थ रहेका गौतमले पार्टी विभाजन रोक्ने प्रयासमा आफु  रहेको बताउँदै आएका छन् ।

भारतबाट दैनिक ६ सय मेगावाट विद्युत आयात

काठमाडौं । मागअनुसारको विद्युत् आपूर्ति मिलाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट दैनिक विद्युत् आयात गर्दै आएको छ । हाल भारतबाट पिक आवरमा ६ सय मेगावाटसम्म विद्युत् आयात भइरहेको छ । तर, प्राधिकरणकै ६ ओटा प्रसारण लाइन समयमा नबन्दा १९ जलविद्युत् आयोजनाले उत्पादन कटौती गर्नुपरेको छ ।   क्षमताअनुसारको प्रसारण लाइन नहुँदा कुल १९० दशमलव ६५ मेगावाट बराबरका आयोजनाहरू पूर्ण क्षमताअनुसार सञ्चालनमा आउन नसकेको पाइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल