नेकपाको भ्रातृ संगठनद्धारा सरकारविरुद्ध विरोध प्रदर्शन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समर्थित विद्यार्थीहरुले ललितपुरको क्याम्पस गेटअगाडि सरकारविरुद्ध प्रदर्शन गरेका छन् । नेकपाको भ्रातृ संगठन अनेरास्ववियुको पाटन संयुक्त क्याम्पस कमिटीले सरकारकाविरुद्ध विरोध प्रदर्शन गरेको हो । कमिटी अध्यक्ष सन्जीव कार्की नेतृत्वमा भएको प्रदर्शनमा सहभागी विद्यार्थीले क्याम्पस गेटमा आगो बालेर जौ, तिल र चामल आगोमा हाल्दै सरकारको गैरसंवैधानिक कदमको ‘स्वाहा’ भन्दै नाराबाजी गर्नुका साथै कालो झन्डासमेत प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा विद्यार्थीहरुले बालेको आगोमा