वडा कार्यालयमा कर्मचारीको ढिलासुस्तीले सेवाग्राही मर्कामा
काठमाडौं : स्थानीय सरकार आएदेखि गाउँ गाउँमा सिंहदरबारको नाराले खुप व्यापकता पायो। जनताहरु पनि राम्रो सेवा सुविधा स्थानीय स्तरमै पाइने भयो भनेर हर्षित पनि भए। तर जनताको आशा अनुरुप स्थानीय सरकारले सेवा सुविधा दिन नसकेको सेवा ग्राहीको गुनासो बढ्दो क्रममा छ। यसैबीच, काठमाडौंको एक वडा कार्यालयमा कर्मचारीको ढिलासुस्तीले सेवाग्राही मर्काको परेको गुनासो आएको छ। बुधबार आज काठमाडौं महानगरपालिका अन्तर्गत वडा नम्बर ३१ भिमसेन गोलामा साढे १० बजेसम्म पनि कर्मचारी कार्यालयमा