समाचार

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा ५ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा १ हजार ६ सय रुपैयाले बढेको हो । बुधबार प्रतितोला ९१  हजार रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला ९२ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

रोल्पामा ६ किलो चरेस सहित एक जना पक्राऊ ।

रोल्पा । रोल्पामा प्रहरीले ६ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको सुनछहरी गाउँपालिका- ६ रोल्बाङ बस्ने ४५ वर्षीय जुनिलाल बुढा मगर पक्राउ परेको प्रहरीले जनाएको छ। मगरले आलुको बोरोभित्र लुकाएर चरेस लगेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी सहायक निरीक्षक लक्ष्मण तङनामीको कमाण्डमा खटिएको प्रहरीले मगरलाई मंगलबार पक्राउ गरेको थियो। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारका अनुसार मगर सवार रा १ ह

फिल्म 'डिसेम्बर फल्स' मा आर्यन र उपासनाको जोडी

काठमाडौं – फिल्म ‘डिसेम्बर फल्स’ मा उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन् । फिल्म ‘कबड्डी ३’ बाट चर्चामा आएकी उपासनाले यस फिल्ममा आर्यन सिग्देलको जोडीको रुपमा भूमिका निभाउनेछिन् । यसअघि यस फिल्ममा सुहानालाई अफर गरिएको थियो । तर सुहाना फिल्म ‘ए मेरो हजुर ४’ मा व्यस्त रहेकोले निर्माण टिमले उपासनालाई फिल्ममा अनुबन्ध गरेको हो । प्रवीण झाको निर्देशनमा बन्न लागेको यस फिल्ममा अब आर्यन र उपासनासँगै सलोन बस्नेत, सुमन थापा,

कञ्चनपुरमा गाडी दुर्घटना, बेहुलीसहित १३ जना घाइते।

धनगढी १८ मंसिर । धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् । बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नं को उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खेसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहार घाइते भएका छन् । बेहुलाको

"राजा आउ, देश बचाउ" भन्दै नेपालगन्जमा वृहत् प्रदर्शन (फोटो कथा)

नेपालगन्ज : “राजा आउ, देश बचाउ” भन्दै नेपालगन्जमा वृहत् प्रदर्शन भएको छ। राजकीय शासन व्यवस्था लागु हुनुपर्यो भन्दै आज शनिबार नेपालगन्जका विभिन्न चोकहरुमा मानिसहरुको ठूलो संख्यामा प्रदर्शन गरिएको हो। हेर्नुस् तस्वीर :

चीनको रक्षामन्त्री एकदिने भ्रमणमा आइतवार नेपाल आउदै।

काठमाण्डौं । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौं आउने भएका छन्। एक दिने महत्वपुर्ण भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी एवं प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेट गर्ने भएका छन । आइतवार नै प्रधानसेनापति पूर्णचन्द्र थापासँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी आइतबार साँझ नै चीन फर्कनेछन्।

उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुदै ।

काठमाण्डौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको

रुकुममा जन्ती वोकेको जिप दुर्घटना, चारको मृत्यु चालक फरार ।

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोटमा शुक्रबार बेलुका जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका ८ दाजेमा जन्ती बाकेको रा १ ज ५८९ नम्बरको जिप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेहरूमा सोही वडा निबासी ५१ वर्सिय कालिभान नेपाली, ४८ का आइते नेपाली ५१ का गोरे नेपाली र ६६ वर्सिय सार्की नेपाली रहेका छ्न्। त्यस्तै लालबहादुर नेपाली गम्भीर घाइते भएका छ्न् । गाडी चिप्लिएर

सर्जक कँडेलको 'आफ्नोपन'मा प्रेम वियोगपछिको कारुणिक पीडा महशुस हुन्छ !

काठमाडौं : विगत एकदशक बढी लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा जीवन्त सृजना पस्किने सर्जक हुन् नारायण कंडेल । आफ्ना हरेक सृजनामा फरकपन दिन रुचाउने सर्जक कंडेल सामाजिक, राजनीतिक एवम् प्रेममा आधारित विषयहरूमा कलम चलाउन सिपालु छन् । फरक कथावस्तुलाई आफ्ना गीतहरुमा कलात्मक शैलीमा उनले उतार्ने गर्छन् । यसैबीच, फरक कथा वस्तुमा आधारित उनको एउटा नयाँ गीत बजारमा रिलिज भएको छ। सोमबार रिलिज ‘आफ्नोपन’ बोलको गीतमा लोकप्रिय गायक

प्रधानमन्त्री ओलीको ‘अग्नि परीक्षा’ भोलि

काठमाडौं । नेपाली राजनीतिमा जे बोलिन्छ, त्यो हुँदैन भन्ने आममानिसको बुझाइ छ । र यसलाई चिर्न राजनीतिज्ञहरु सफल भइसकेका छैन । राजनीतिक दलबीच हुने विवाददेखि आन्तरिक किचलोमा रमाउने नेताहरुको क्रियाकलापले नागरिकको विश्वास गुमाइरहेको छ । लामो समयदेखि आन्तरिक किचलोमा फसेको सत्तारुढ नेकपालाई केही घण्टादेखि आशावादी बनाएको छ । विशेषगरी आन्तरिक विवाद समाधान गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सचिवालय बैठक बोलाएका छन् । उनीमाथि बैठकबाट भागेको आरोप आफ्नै