एसएस राजामौलीको ‘आरआरआर’ को टिजर यस्तो बन्यो (भिडियो)
काठमाडौं – ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’को टिजर सार्वजनिक भएको छ। राजामौलीको निर्देशनमा बनेको यस फिल्मको टिजरमा अभिनेता एनटिआर जुनियरलाई फरक अबतारमा देखिएको छ । टिजर एनटिआरको जन्मदिनमा सार्वजनिक गर्ने भनिएको थियो तर लकडाउनका कारण ढिलो सार्वजनिक भयो । फिल्ममा एनटिआरसँगै रामचरण, आलिया भट्ट, अजय देवगन तथा ओलिभिया मोरिस लगायतका कलाकारको अभिनय रहेको छ । यस फिल्म ४ सय ५० करोड भारूमा निर्माण हुन लागेको हो ।