समाचार

वडा दशैंको दोस्रो दिन आज पनी टिका, जमरा र आशीर्वाद ग्रहण गरिदै

काठमाडौं । आज वडा दशैंको दोस्रो दिन पनी मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदैछ न्हिदु धर्मावलम्बीहरुले विजया दशमीका दिन परिवारमा टीका लगाई पूर्णिमाको दिनसम्म आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । घटस्थापनाका दिन दशैँघरमा विधिपूर्वक स्थापना गरी नौं दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद विजयादशमीका दिन आफुभन्दा अग्रजको हातबाट थापेर आशीर्वाद लिइने परम्परा छ । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव

प्युठानमा बाँदरलाई हानेको गोलीले एक पुरुषको ज्यान गयो

प्युठान । प्युठान डामृमा बाँदर धपाउन हानेको गोली लागेर एक वृद्धको ज्यान गएको छ । विजया दशमीको दिन बिहान ३३ वर्षका हेमलाल सुनारले बाँदर धपाउन हानेको गोली लागेर ७१ वर्षका बलबहादुर सुनारको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफूले हानेको गोली लागेर काकाको ज्यान गएपछि हेमलाल आफै प्रहरीकोमा गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ । गोली लागेर ज्यान गुमाएका

नवलपरासीमा धारिलो हतियार प्रयोग गरी पुजारीको हत्या

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा धारिलो हतियार प्रयोग गरी हत्या गरिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । सुस्ता गाउँपालिका–४ नर्सहीस्थित पच्छिमडारी बस्ने ७५ वर्षीय महगु केवटको शव आज फेला परेको हो । केवट स्थानीय मन्दिरका पुजारी थिए । उनको आफ्नै कुटी नजीकै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय परासीका

प्रधानमन्त्रीले राष्ट्रपतिको हातबाट लगाए दसैँको टीका जमरा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैँको टीका तथा जमरा लगाएका छन्। श्रीमती राधिका शाक्यसँगै शितल निवास पुगेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भण्डारीले टीका तथा जमरा लगाइदिएकी हुन्। सो क्रममा प्रधानमन्त्री पत्नी शाक्यलाई पनि राष्ट्रपतिले टीका लगाइदिएकी थिइन्। राष्ट्रपति भण्डारीले उनीहरुलाई जमराको माला लगाइदिएकी छिन् । विगतका वर्षहरुमा दसैँमा प्रधानमन्त्री र राष्ट्रपतिले सर्वसाधारणलाई पनि सार्वजनिक रुपमा दसैंँको टीका लगाइदिने कार्यक्रम हुन्थ्यो। यसपाली भने कोरोना भाइरसका कारण सर्वसाधारणलाई

इलाममा पोखरीमा डुवेर ७९ वर्षिया पुरुषको मृत्यु

झापा । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका–३ सुर्केका ७९ वर्षीय खम्बसिंह खत्री रहेको छ । गए राति घरबाट निस्किएका खत्री आज बिहान पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको वडाध्यक्ष दावा तामाङले जानकारी दिए । घर नजिकै सिँचाइका लागि निर्माण गरिएको करिब तीन फिट गहिरो पोखरीमा स्थानीयवासीले डुबेको अवस्थामा खत्रीलाई देखेपछि उनका परिवारलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय

हाम्रो टिम नेपालद्वारा खुलामञ्‍चमा सर्वसाधारणलाई टीका र खाना

काठमाडौं । लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टिम नेपालले खुलामञ्‍चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ । गत चैत १४ गतेबाट कोरोना भाइरसका कारण अलपत्र नागरिकलाई खाना खुवाइरहेको हाम्रो टिम नेपालले दसैँको अवसरमा सर्वसाधारणलाई टीका लगाएको हो । टिमले खुलामञ्‍चलगायत उपत्यकाका विभिन्‍न स्थानमा सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको छ । लकडाउन सुरु भएदेखि बाटोमा खाना खुवाइरहेको हाम्रो टिमले दसैँको समयमा पनि आफ्नो परिवारबाट टाढा रहेर टीका लगाएर दसैँ सम्झाइदिएको सर्वसाधारणले

आज विजयादशमी, टिका लगाउने उत्तम साइत विहान १०:१९ वजे

काठमाडौं । आज दशैंको मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १०ः१९ बजे रहेको जनाएको छ। टीकाप्रसाद ग्रहण गर्न साइत

साउथ फिल्मका सुपरस्टार महेशको पारिश्रमिक  दक्षिण भारतीय फिल्म उद्योगका सबैभन्दा धेरै

काठमाण्डौ । साउथ इण्डियन फिल्मका सुपरस्टार महेश बाबूका प्रशंसकहरूको संख्या विशाल छ । प्रशंसकको ठूलो जमातकै कारण उनी दक्षिण भारतीय फिल्म उद्योगका सबैभन्दा धेरै पारिश्रमिक बुझ्ने अभिनेता पनि हुन् । उनी अहिलेको समयमा एक फिल्ममा काम गर्नका लागि २० देखि २२ करोडसम्म पारिश्रमिक बुझ्ने गर्दछन् । उनी अभिनीत प्रायः फिल्मले बक्सअफिसमा शानदार व्यापार गरेका छन् । उनको अभिनयले सधैं दर्शकमा गहिरो प्रभाव पैदा गर्ने गर्दछ । महेश बाबू तेलुगूसँगै भारतमा

पाँच सय वढी कोरोना संक्रमित रहेका १ दर्जन बढी जिल्लाहरु

काठमाडौं- नेपालमा हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै २ हजार २२५ जनामा संक्रमण देखिएको छ। कुल संक्रमितमध्ये शनिबारसम्ममा एक लाख आठ हजार ३३४ संक्रमणमुक्त भएका छन् भने ८४२ जनाको मृत्यु भएको छ। देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा २० हजार ७२२ जना छन् भने ललितपुरमा २ हजार ५३३

चितवनमा कोरानो संक्रमण वाट दुईको मृत्यु

भरतपुर । कोभिड-१९ को सङ्क्रमणबाट चितवनमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती सङ्क्रमितको कोरोनाबाट ज्यान गएको हो । चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । निमोनियाँका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आज