चितवनमा २६ जना प्रहरीमा देखियो कोरोना संक्रमण
काठमाडौं – चितवनको नारायणगढ स्थित वडा प्रहरी कार्यालयमा कार्यरत २६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार र आज गरी २६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । आज आएको नतिजामा वडा प्रहरी कार्यालयका १० सहित ११ जना प्रहरी र शनिबार आएको नतिजामा वडाका १२ जना प्रहरीमा कोरोना संक्रमण देखिएको जनाइएको छ । यससँगै चितवनमा कोरोना संक्रमित प्रहरीको संख्या ३९ पुगेको छ ।