समाचार

अक्सफोर्डको कोरोना खोप परीक्षण स्थगित, सहभागी एक जना बिरामी परे

काठमाडौं । सहभागी एक जना बिरामी भएपछि अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप परीक्षण स्थगित गरिएको छ । अन्तिम परीक्षणमा रहेको भनिएको सो खोपको परीक्षण स्थगित गरिएको हो । परीक्षणमा सहभागी एक व्यक्ति बिरामी परेपछि तुरुन्तै खोप परीक्षण स्थगित गरिएको बीबीसीले जनाएको छ । परीक्षणमा सहभागी ती व्यक्ति कसरी बिरामी भए भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ । उनी बिरामी भएको कारण पत्ता लगाएपछि कोरोना खोपको परीक्षणबारे

सुशान्त सिंह निधन प्रकरण : रिया चक्रवर्तीलाई १४ दिनको जेल सजाय

काठमाडौं – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको डेढ महिनाभन्दा बढी बितिसकेको छ । मृत्युपछि पनि अहिले सुशान्त समाचारमा छाइरहेका छन् । सुशान्त सिंह राजपुत निधन प्रकरणमा अनुसन्धानको क्रममा नयाँ खुलासाहरु हुँदै आइरहेको छ । यसैबीच यस घटनाको अनुसन्धानको क्रममा  सुशान्तकी प्रेमिका तथा अभिनेत्री रिया चक्रवर्ती मंगलबार पक्राउ परिसकेकी छिन् । भारतिय मिडियाका अनुसार  सुशान्तको मृत्युप्रकरणबारे अनुसन्धानका लागि भन्दै नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले उनलाई पक्राउ गरेको बताइएको छ ।

'प्रेम गीत ३' निर्देशक छेतन गुरुङको निधन

चलचित्र निर्देशक छेतन गुरुङको निधन भएको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रेम गीत ३’का निर्देशक गुरुङको मङ्गलवार राति मेट्रो हस्पिटल महाराजगन्जमा निधन भएको हो । केही दिन अघी उनी अस्पताल भर्ना भएका थिए । कलेजोमा समस्या देखिएका उनको उपचारको क्रममा नै निधन भएको हो । उनको निधनबारे निर्माता सन्तोष सेनले जानकारी दिएका हुन् । अनुसार बिहीबार छेतनको अन्त्येष्टि गरिने छ ।  छेतनले नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’

सार्वजनिक यातायात सञ्चालन नगर्न सुझाव

काठमाडाैँ – काठमाडौँ उपत्यका छिर्ने सबै नाकामा सेना खटाई प्रवेशमा कडाइ गर्न पनि बैठकले माग गरेको छ । फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बैठकमा उपत्यकाभित्रको जनजीवन खुकुलो बनाउँदै नाकामा भने सेना खटाएर भए पनि कडाइ गर्न सङ्घीय सरकार र तीन वटै जिल्ला प्रशासनसँग माग गरिने बताए । महामारीको जोखिम घटेर होइन, जीविकोपार्जनका दृष्टिबाट जनजीवन असहज बन्न थालेपछि यस्तो निर्णय गरिएको ललितपुर महानगरका प्रमुख महर्जनले बताए । फोरमका सचिव

चितवनमा १८ महिने शिशुसहित थप ११ जनामा कोरोना संक्रमण

काठमाडौं – चितवनका थप ११ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भरतपुर कोभिड(१९ प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ११ जनासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नं ४, ६ र १० का २ पुरुष र ७ महिला गरी ९ जना रहेका छन् । जसमा ९ वर्षीया बालिका पनि रहेकी छिन् । त्यस्तै माडी नगरपालिका-६ र ७ का एक १८ महिने शिशु र

बैंकका शाखा खुला राख्न नेपाल राष्ट्र बैंकको निर्देशन

काठमाडौँ – नेपाल राष्ट्र बैंकले यही भदौ २५ गतेसम्म नेपाल सरकारको राजस्व सङ्कलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न आग्रह गरेको छ । सरकारको राजस्व बुझाउने प्रयोजनका लागि आजदेखि लागू हुने गरी भदौ २५ गतेसम्म राजस्व कारोवार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा र काउण्टर खुला गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो । यस्तै केन्द्रीय बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडको कार्यालयसमेत खुला राख्न निर्देशन दिएको छ ।

फाइनल प्रवेशका लागि सन्दीप सम्मिलित जमैका ट्रिनबागोसँग खेल्दै

काठमाडौँ – लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को फाइनल प्रवेशका लागि अहिले भिड्दैछ । जमैकाले सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्दै। नाइट राइडर्स समूह चरणको सबै खेलमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने जमैका चौथो स्थानमा रहँदै सेमिफाइनलको यात्रा तय गर्न पुगेको हो । उक्त खेलमा हालसम्मको खेल प्रदर्शनका आधारमा सन्दीपले जमैकाको तर्फबाट बलिङ गर्न पाउने निश्चित जस्तै

९०२ थपिए, ६ को मृत्यु, २२८७ डिस्चार्ज

काठमाडौं २३, भदौ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ । प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या

प्रदेश-१ प्रहरी प्रमुख (डिआइजी) कार्कीलाई कोरोना संक्रमण पुष्ट

विराटनगर २३, भदौ । प्रदेश १ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वर बाबु कार्कीलाई कोरोना संक्रमण भएको छ । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका ५२ वर्षीय कार्कीमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टिका विषयमा डिआइजी कार्कीले चिन्ता नगर्न आग्रह गरेका छन्। मंगलबार सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको संक्रमितको विवरणमा कार्कीको नाम पनि पोजेटिभको सूचीमा छ। ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनले सोमबार बिहान स्वाब परीक्षणका लागि

आज एनएमबि बैंकका कुन कुनशाखाहरु खुल्छन् ? हेर्नुहोस्

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसलाई मध्यनजर गर्दै मंगलबार एनएमबि बैंकले देशभरका आफ्ना विभिन्न शाखाहरु खोल्ने भएको छ । बैंकले एक सुचनामार्फत आज आफ्ना देशभरका विभिन्न शाखाहरु तोकिएको समयमा खोल्ने जानकारी गराएको हो । कोरोनाभाइरसको संक्रमणको अवस्थामा सुरक्षाका उपाय अवलम्बन गर्दै बैंकले हरेक बार आफ्ना फरक फरक शाखा खोल्दै आइरहेको छ । आज कुन कुन शाखाहरु खुल्छन् । तल तालिकामा हेर्नुहोस्