समाचार

कस्तो होला आजको मौसम ?

काठमाडौं ०१, भदौं । देशभरको मौसम सोमबार सामान्यतया बदली भइ केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्युन चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित छ । तर बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकाले बदली भएको हो । अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । प्रदेश ५ तथा कर्णाली प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक–दुई

नेकपा सचिवालय बैठक बस्दै, कार्यदललाई अनुमोदन गर्ने तयारी

काठमाडौं ०१, भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक सोमबार बिहान बस्दैछ । बैठक बिहान साढे ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । पार्टीभित्रको विवाद समाधानको उपाय सुझाउन शुक्रबार ६ सदस्यीय कार्यदल अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेका थिए। महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको वैधानिकताप्रति वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रश्न उठाएपछि त्यसलाई सचिवालय बैठकबाट

बाँकेमा आज थप ११ जनाले जिते कोरोना

नेपालगन्ज ०१, भदौ । नेपालगन्ज उपमहानगरपालिका १ वडाअध्यक्ष प्रमोद रिजालसहित ११ जना आज सोमवार डिस्चार्ज हुने भएका छन् । वडाअध्यक्ष रिजाललाई साउन १९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उहाँसहित डिस्चार्ज हुनेमा नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत पनि छन् । खजुरामा रहेको सुशील कोइराला प्रखर क्यानसर अस्पतालको आइसोलेसनबाट अध्यक्ष रिजालसहित तीनजना, आर्दशनगर आइसोलेसन सेन्टरबाट पनि तीन र लायन्स डेन्टल अस्पताल आइसोलेसनबाट पाँचजना डिस्चार्ज हुन लागेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन

जोर विजोर प्रणाली उल्लंघन गर्नेलाई कारवाही

उज्वल गिरी- नेपालगन्ज ३२, साउन । बाँकेमा जोर विजोर प्रणाली उल्लंघन गर्नेलाई कार्वाही गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार विजोर गते जोर नम्बरका सवारी साधन चलाउने २ सय १ सवारीलाई कारवाही गरेर जरिवाना तिराइएको छ । कार्वाहीबाट ६६ हजार जरिवाना गरिएको प्रजिअ कुरुम्बाङले जानकारी दिनुभयो । जिल्लामा शनिवारदेखि सवारी साधनमा जोर विजोर प्रणाली लागू गरिएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि १३ दिनसम्म निषेधाज्ञा जारी गरिएको बाँकेमा

चितवनमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना पुष्टि

चितवन ३२, साउन। चितवनमा डाक्टर र नर्ससहित एकैदिन २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति अवेरसम्म गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै सर्लाहीका थप एक जना बिरामीमा पनि संक्रमण पाइएको छ । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन

नेपालगन्ज उपमहानगर, आन्तरिक र यातायात कार्यालय आजदेखि खुल्ने

नेपालगन्ज ३२, साउन कर्मचारीमा कोरोना संक्रमण भएपछि दुई सातादेखि बन्द रहेका नेपालगन्ज उपमहानगरपालिका, आन्तरिक राजस्व कार्यालय र यातायात व्यवस्था कार्यालय आज आइतवारदेखि खुल्ने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि उपमहानगरपालिकाबाट प्रदान गरिने सेवा आजदेखि नियमित हुने जानकारी दिनुभयो । उपमहानगरपालिकासँगै सबै २३ वटै वडा कार्यालय पनि आजदेखि खुल्ने छन् । नेपालगञ्ज उपमहानगरपालिकामा कोरोना विरुद्ध उच्च सावधानी अपनाउँदै मुख्य प्रवेशद्धारमा हेल्थ डेस्क

नेपालगन्जका मेयर राणा आइसोलेसनमा

नेपालगन्ज ३१, साउन । नेपालगन्जका मेयर धवलशमशेर राणाले आइसोलेसन अस्पताल र सेन्टरमा बसेका कोरोना संक्रमितहरुको अवस्थाबारे जानकारी लिनुभएको छ । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दसहितको स्वास्थ्यकर्मीको टोली लिएर मेयर राणा झन्डै आधादर्जन आइसोलेसन सेन्टर पुगेर त्यहाँका संक्रमितहरुको अवस्थाबारे आफै जानकारी लिनुभएको हो । खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन, नेपालगन्ज आर्दशनगर, सिटी प्यालेस र गनापुरको खुला कारागार पुगेर संक्रमितको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया, खानपिनको व्यवस्थापनबारे जानकारी लिनुभएको

सुदूरपश्‍चिममा कोरोना संक्रमित संख्या ५ हजार नजिक

धनगढी ३१, साउन । सुदूरपश्‍चिममा कोरोना संक्रमित संख्या ५ हजार नजिक पुगेको छ । पछिल्लो पटक १० जना संक्रमित थपिए सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ९७९ पुगेको हो। सबैभन्दा बढी कैलालीमा एक हजार दुई सय ८९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डोटीमा सात सय ९५, अछाममा सात सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ

देशभर बदली, चट्याङ्गसहित वर्षा हुने, केही स्थानमा ठूलो पानी पर्ने

काठमाडौं ३१, साउन । देशभरको मौसम शनिबार सामान्यतया बदली भइ धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेकाले मौसम बदली तथा वर्षा भएको हो । हाल देशभर समान्यतया बदली रही बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसमविदले बताएका छन् । शनिबार दिउँसो देशभर सामान्यतया बदली रही धेरै

कालिकोटमा पहिरो: ६ जनाको मृत्यु

कालिकोट ३०, साउन । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोले वडा सद रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो । पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए। स्वकीय सचिव