समाचार

बन्दुक सहित दुईजना पक्राउ

नेपालगन्ज २१, साउन । बाँके प्रहरीले  भरुवा बन्दुक सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्तीसोनारी गाउँपालिका ४ खयरभट्टीका ५० बर्षिय रामबली चौधरी र ६१ बर्षका बिष्णु प्रसाद चौधरी छन्। उनीहरुलाई दुई नाले बन्दुक सहित पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता सुभाष खड्काले जानकारी दिनभयो । विशेष सूचनाका आधारमा घरमा खानतलासी गर्दा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।उनीहरुमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

अयोध्यामा राम मन्दिर निर्माणका लागि मोदीले आज भूमि पूजा गर्ने

जनकपुर २१, साउन । अयोध्यामा राम मन्दिर निमार्णका लागि बुधबार भूमि पूजा हुने हुँदैछ। राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा भगवान रामको मन्दिर निर्माण हुने क्षेत्रमा बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भूमि पूजा हुने जनाएको छ । भूमि पूजाका लागि दिउँसो १२ बजेर ३५ मिनेट ३२ सेकेण्डको उत्तम साइत निकालिएको कोषलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अयोध्या जमिन विवादमा सर्वोच्च अदालतको फैसलापति केन्द्र सरकारले कोष बनाएको थियो ।

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८१ लाख पुगे

काठमाडौं । नोवेल कोरोना भाइरस (COVID-19) संक्रमितको संख्या विश्वमा १ करोड ८१ लाख भन्दा वढी पुगेको छ । विश्व स्वास्थ्य संगठन (डव्लु. एच.ओ.) का अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८१ लाख ४२ हजार ७१८ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ९१ हजार १३ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल

बाँकेमा थप तीन जनाले कोरोना जिते

बाँकेमा थप तीन जनाले कोरोना जिते बाँकेमा थप तीन जनाले कोरोना भाइरस संक्रमण जितेर बुधवार डिस्चार्ज भएका छन् । त्यसमा दुई महिला छन् । नेपालगन्ज उपमहानगरपालिका १८ का २६ बर्षिया महिला र राप्तीसोनारी गाउँपालिका ८ की ३६ बर्षीया महिला र अर्का राप्तीसोनारी २ का २० बर्षीय पुरुष छन् । दुई महिला सुशील कोइराला कोइराला क्यान्सर अस्पताल खजुराबाट र पुरुष भने आर्दशनगर आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको

१८ बर्षिया युवतिको कोरोनाबाट मृत्यु

वीरगन्ज २१, साउन । नेपालमा कोरोनाबाट थप एकको मृत्यु भएको छ । १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ । पर्साको पोखरिया नगरपालिका ९ बर्वा टोलस्थित मामाघरमा बस्दै आएकी ती युवतीको मृत्युपछि भएको परीक्षणमा कोरोना पुष्टि भएको हो । गत सोमबार राति घरमै रहेको बेला पटकपटक वान्ता गर्न थालेपति ती युवतीलाई उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमा नै मृत्युु

मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर लागु हुने

काठमाण्डौ नोबेल कोरोना भाइरसका कारण लामो समय बन्द रहेको यातायात सेवा अब भने केही हदसम्म खुकुलो हुने भएको छ ।  चारपाङ्ग्रे सवारी साधनमा झै मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको छ । यो नियम पुन मंगलबार बाट लागु हुन थालेको हो । सरकारको निर्णयमा साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भनेपछि जोरबिजोर लागू नहुने हो कि भन्ने बुझाइ देखिएको थियो । तर, पुन ट्राफिक

कैलालीमा क्वारेन्टिन बसेकी महिलामाथि बलात्कार, तीन जना नियन्त्रणमा

कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टिनमै एक महिलामाथि बलात्कार भएको भन्दै आफन्तले प्रहरीसमक्ष उजुरी दिएका छन्। आइतबार दिउँसो ४ बजे पीडित महिलाका आफन्तले घटनाबारे प्रहरीलाई खबर गरेका थिए। ईलाका प्रहरी कार्यालय लम्कीबाट गएको प्रहरी टोलीले सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिएको कैलालीका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले बताए। ‘पक्राउ पर्नेमा क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी र स्वयंसेवक रहेको प्रारम्भिक सूचना आएको छ पुष्टि भैसकेको छैन,’ प्रहरी नायब उपरिक्षक बिष्टले बताए।

चट्याङ लागेर भोजपुरमा दश वर्षिया बालिकाको मृत्यु

भोजपुर भोजपुरको षडानन्द नगरपालिका–३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको टेम्केमैयुङ गाँउपालिका–१ सुम्लीखाका रामजी राउतकी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । मावली घर आएकी बालिकालाई आइतबार साँझ भीषण वर्षासँगै परेको चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ३८ पुग्यो, १८ जना डिस्चार्ज

काठमाण्डौ देशभर संक्रमितको संख्या बढिरहँदा प्रहरीमा पनि संक्रमण देखिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर कोरोना संक्रमित प्रहरीको संख्या ३८ पुगेको छ । जसमध्ये कपिलवस्तुमा कार्यरत प्रहरीमा २, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा ११, सप्तरीमा २, सिरहामा २ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै सर्लाहीमा १, जुम्लामा २, जाजरकोटमा १ ,काठमाडौं उपत्यकामा ४ र कञ्चनपुरमा ३ प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । प्रहरी प्रवक्ता डीआईजी

राप्रपामा ३२७ केन्द्रीय सदस्य , विश्वबन्धु थापा सल्लाहकार मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विधानअनुसार तीन सय २७ सदसस्यीय केन्द्रीय समिति बनाएको छ। बिहीबार केन्द्रीय समिति, कार्यसम्पादन समिति, सचिवालय कार्यव्यवस्था समिति गठन गरिएको हो। अध्यक्ष कमल थापाले दिएको जानकारीअनुसार ८२ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ।राप्रपामा १३ सदस्यीय सचिवालय कार्यव्यवस्था समिति गठन गरेको थापाले बताए। अध्यक्ष थापाका अनुसार उच्चस्तरीय केन्द्रीय सल्लाहकार समिति पनि गठन गरिएको छ। उक्त समितिको अध्यक्षमा विश्वबन्धु थापा रहेका छन्।