समाचार

रुकुम सोती घटनाकाे अनुसन्धान अन्तिम चरणमा ,थप तीन पक्राउ

गएको जेठ १० गते शबिवार रुकुमको चाैरजहारी ८ साेतीमा ६ जनाको ज्यान जाने गरि भएको घटनामा संलग्न भएको आराेपमा प्रहरीले थप तीन जना पक्राउ गरेको छ । अनुसन्धानकाे क्रममा फरार रहेका घमण्ड मल्ल-,बिष्णु मल्ल र सर्वजित भन्ने सबिन पुनलाई जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले पक्राउ गरेको हाे । याे सँगै उक्त घटनामा संलग्नकाे आराेपमा पक्राउ पर्नेकाे संख्या २८ पुगेको छ । प्रहरीले साे घटनाको अनुसन्धान प्रकृया पनि अन्तिम चरणमा पुगेको

क्वारेन्टाइनका लागि ३९ जना लिएर हिडेको टिपर कर्णालीमा खस्दा गर्भवती सहित दुइ जनाको मृत्यु

कालिकोट जिल्लाको रासकोट नगरपालिकाको क्वारेन्टाइनका लागि ३९ जना यात्रु लिएर गएको टिपर कर्णाली नदीमा खसेको छ।  नरहरिनाथ गाउँपालिकाकाे लालिघाटमा टिपर कर्णालीमा खसेको हो। भारतबाट आएका रासकोटवासीलाई टिपरले जीते भन्ने ठाउँबाट नगरपालिका ल्याउँदै थियो।  घटनास्थलमा पुगेका प्रहरी र स्थानियले उद्धार जारी राखेका छन्। अहिलेसम्म २ जनाको शब निकालिएको छ। उनीहरुको सनाखत गरिएको छ। मृतक २ जना बर्ष २३ की शर्मिला सार्की र बर्ष २१ की ठुम्की सार्की रहेका छन्। मृतक मध्ये एक जना

गाई फार्ममा आगलागी हुंदा दुई बाच्छासहित चार गाई जलेर मरे

भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित ४६ वर्षीय मनसिंह विष्टले सञ्चालन गरेको गाईफार्ममा गएराति आगलागी हुँदा चार गाई, दुई बाच्छासहित कुखुरा जलेर मरेका छन् । फार्ममा रहेका छ गाई, तीन बाच्छाबाच्छी, ४० स्थानीय जातका कुखुरा रहेकामा दुई गाई, दुई बाच्छाबाच्छीलाई जीवितै उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए । आगलागीपछि महानगरीय प्रहरी प्रभाग दधिकोटका प्रनानि नवराज खरेल समेतको प्रहरी टोली, भक्तपुरको दमकल र स्थानीय बासिन्दाको सहयोगमा बुधबार

विश्वमा कोरोनाबाट ४ लाख १३ हजार भन्दा बढीको मृत्यु, ७३ लाख वढि संक्रमित

(एजेन्सी) विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट हालसम्म विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १३ हजार ७६० पुगेको छ । यस्तै, संक्रमित पनि बढिरहेका छन् । हालसम्म विश्वभर ७३ लाख २५ हजार ८३९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३६ लाख ६ हजार ९० जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस

४ वर्षीया वालिका सहित पहिरोमा पुरिएर दुईजनाको मृत्यु

म्याग्दी म्याग्दीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । रघुंगगा गाउँपालिका–६ कोटगाउँ बस्‍ने ५० वर्षीया माया शेरपुञ्जा र सोही ठाउँ बस्‍ने रोशनी शेरपुञ्जाकी छोरी ४ वर्षीया सिम्रन छन्त्यालको पहिरोमा परेर मृत्यु भएको हो । जस्ताको छानो भएको माया शेरापुञ्जीको कच्ची गोठमा सुतिरहेको अवस्थामा वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो आई गोठ पुरिन जाँदा पुरिएर उनीहरुको मृत्यु भएको हो । स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा दुवै जनाको शव घटनास्थलमा पुरिएको अवस्थामा

ललितपुर र धनुषामा २ युवकको हत्या

काठमाण्डौ धनुषा र ललितपुरमा दुई युवाकाे हत्या भएको छ । धनुषामा गएराति एक जना युवकको हत्या भएको हाे । घरमै रहेका वेला बोलाएर दुई सय मिटर पर पुगेपछि गोली हानी २५ वर्षीय अरुण मण्डलको हत्या भएको हो ।प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए अनुसार घटना सबैला नगरपालिका–७ को हो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । यस्तै ललितपुरको गोदावरी नगरपालिका, टौखेलमा एक जना युवक

पछिल्लो २४ घण्टामा ३१४ संक्रमित थपिए, कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

काठमाण्डौ नोभेल कोरोना भाइरसका ३१४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्‍वर गौतमले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३१४ कोरोना भाइरस संक्रमित थपिएका हुन् । नयाँ कोरोना संक्रमितमध्ये २९४ पुरुष रहेका छन् भने २० महिला रहेका छन् । कुल कोरोना संक्रमतिको संख्या ३ हजार ७६२ पुगेको उनले बताए । स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं. ३ का वर्ष ५८ का एक जना पुरुषको निधन भएको

रुकुम सोती घटनामा सांसद देवेन्द्र पौडेलको नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन

रुकुम कमल वि.क. रुकुम पश्चिमको चौरजहारी – ८ स्थित सोतीमा जेठ १० गते शनिवार ६ जना व्यक्तिको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ। सोमबार सभामुख अग्निप्रसाद सापकोटाले सांसद देवेन्द्र पौडेलको संयोजकत्वजमा नौ सदस्यीय छानबिन समिति गठन गरेका हुन्। समितिमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, प्रकाश रसाली स्नेही, विमला विक, महेश्वर जंग गहतराज, मीन विश्वकर्मा, राम राहायप्रसाद यादव रहेका छन्।समितिले ३० दिनभित्र घटनाको सत्यतथ्य

तस्विरः फाइल

पोखरा विशाल के.सी. कोरोना संक्रामणले निधन भएका स्याङजा वालिङका ५८ वर्षीय व्यक्तिको शव १९ घण्टापछि व्यवस्थापन गरिएको छ । गएराति साढे ११ बजे निधन भएका गुरुङ समुदायका एक व्यक्तिको शव व्यवस्थापनमा झडपसमेत भयो । प्रहरी र वडाध्यक्ष समेत घाइते भए । शव व्यवस्थापनमा अवरोध गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुरुमा हरियोखर्कमा शव व्यवस्थापन गर्ने भनेर महानगरले निर्णय गर्‍यो । तर, त्यहाँका स्थानीयले अवरोध गरे । स्थानीयको अवरोधपछि

न्यूजील्यान्डमा सोमवार मध्यरातदेखि सबै प्रतिबन्ध फुकुवा

न्यूजील्यान्डमा सोमवार मध्यरातदेखि कोरोनाभाइरससम्बन्धी सतर्कता तह सबभन्दा तल्लो तहमा पुर्‍याइने प्रधानमन्त्री जसिन्डा आर्डर्नले घोषणा गरेकी छन्। त्यसको अर्थ मुलुकभित्र लगाइएका सबै प्रतिबन्धहरू फुकुवा हुनेछन्। तर सीमा नाका भने अझ पनि बन्द रहने बताइएको छ। सार्वजनिक र निजी कार्यक्रमहरू, खुद्रा पसलहरू, होटल रेस्टुरेन्टहरू, सार्वजनिक यातायातका माध्यमहरू र घरेलु उडानहरूलाई कुनै प्रतिबन्ध बिना चलाउन दिइनेछ। आर्डर्नले ‘न्यूजील्यान्डले भाइरस जित्न अभूतपूर्व रूपमा एकताबद्ध भएर काम गर्‍यो’ भनिन् ।आर्डर्नले ‘तर भाइरस निर्मूल नहुने त्यसैले