समाचार

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड वढि, मृतकको संख्या ७ लाख नाघ्यो

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड १ लाख ६२ हजार ४७४ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख ३७ हजार ४१७ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका

तीन साताको अवधिमा ६ हजार ४३८ कोरोना संक्रमित थपिए, ५१ जनाको मृत्यु

काठमाडौं । नेपालमा लकडाउन खुलेपछि ३ साताको अवधिमा ६ हजार ४३८ जना नयां कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत साउन ६ गते कोरोना संक्रमित संख्या १७ हजार ९९४ रहेको थियो । तर त्यस यता साउन ७ गते देखि हालसम्म ६ हजार ४३८ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । त्यसैगरी लकडाउन खुले यता मात्र ५१ जनाले कोरोना संक्रमणबाट

डोटिमा जिप दुर्घटना हुंदा तीनको मृत्यु ३२ जना घाइते

डोटी । डोटि जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका जानकारी दिए । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको प्रहरी निरीक्षक

महजोडी ‘चैत्यदेवी सिंह पुरस्कार’ बाट सम्मानित

काठमाण्डाैं । गत साल मात्र स्थापना भएको ‘भुवन चैत्य बसुन्धरा’ फाउन्डेसनले यस वर्षको ‘चैत्यदेवी सिंह पुरस्कार’ हास्य सम्राट महजोडीलाई प्रदान गरेको छ । सिमित फिल्मकर्मी र पत्रकारको उपस्थितिमा मंगलबार राजधानीमा एक सामान्य कार्यक्रमका बीच महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ५१ हजार राशी सहित सम्मान गरिएको हो । फाउन्डेसनकी अध्यक्ष बसुन्धरा भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले रुद्राक्षको माला र भुवन चन्द/हरिश चन्दले दोसल्ला ओढाएर महजोडीलाई सम्मान

पाल्पामा जीप दुर्घटनामा २ जनाको ज्यान गयो, ६ जना घाइते

पाल्पा २८ साउन । पाल्पाको निस्दीमा भएको जीप दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । निस्दी गाउँपालिकाको ज्यामिरेबाट गल्धाका लागि छुटेको लु १ ज २८८७ नम्बरको जीप मंगलबार साँझ ६ बजेतिर गल्धाको पटकसर नजिकै दुर्घटना भएको निस्दी गाउँपालिका ४ का वडा सदस्य रनबहादुर गाहाले जानकारी दिनुभयो । दुर्घटनामा निस्दी गाउँपालिका ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुरप्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्याल काफलका

पानी पर्ने क्रम नरोकिने भएकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै

काठमाडौं २८ साउन । पानी पर्ने क्रम नरोकिने भएकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेको मौसमविद्ले बताएका छन् ।आज बाग्मती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका एक(दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार नेपालमा पानी पार्ने मनसुनी न्युन चापीय रेखा नेपाल नजिकै

मंगलवार थप ६३८ सँगै कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाण्डौँ । नेपालमा मंगलबार थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० थियो । पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

गुटबन्दीको अन्त्यसंगै महिनादिनमा आइजिपीको सफलता

काठमाण्डौ । यसअघि सर्वेन्द्र खनालले प्रहरी महानिरीक्षकका प्राथमिकता भनेर योजना सार्वजनिक गरेका थिए । जसकारण अन्य प्रहरीले त्यसको अपनत्व महसुस गरेनन् । अहिलेका महानिरीक्षकले नेपाल प्रहरीको कार्ययोजना भनेर सार्वजनिक गरेको बुँदा जसलाई धेरैले सकारात्मक रुपमा लिएका छन् । त्यसो त एक महिनाको अवधिमा उनले केही महत्वपूर्ण सफलता प्राप्त गरेका छन् । उनले पहिलो सफलता एआइजी बढुवामा पाए । जुनियर डिआइजी विश्वराज पोखरेलले सबै शक्तिकेन्द्रमा सेटिङ मिलाएकाले नीरज शाही र प्रद्युम्न

काठमाडौंमा छोटो दूरीको गाडीमा जोर विजोर प्रणाली कायमै,लामो भदौ मसान्तपछि मात्रै

काठमाण्डाै । भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले छोटो दूरीका सवारी साधनहरु चलेपनी लामो दूरीको यातायात भने भदौ मसान्तपछि मात्रै सञ्चालन हुने बताएका छन् । ‘हाल काठमाडौंमा सार्वजनिक सवारी साधनहरु अहिले जसरी नै चल्छन् । काठमाडौंमा जोर विजोर प्रणाली कायमै रहेको बताउदै पछिल्लो समय कोरोना संक्रमणको स्थिति जटिल बन्दै गएकोले हामी सबै सचेत हुन समेत उनले आग्रह गरे । सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई सेवा र लामो दूरीको यातायात

चाैतर्फी विरोधपछी लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं । अघिल्लो मंगलबार लेबनाममा भएको विस्फोटप्रती चाैतर्फी तीव्र विरोध भएपछि त्यहाँका प्रधानमन्त्रीले राजीनामा दिएका छन् । विरोध पछी प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएको बीबीसीले आफ्नो समाचारमा जनाएको छ । उनले राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । विस्फोटपछि त्यांहा प्रदर्शनकारीले विरोध तीव्र पारेका थिए । लेबनानमा अघिल्लो साता भएको विस्फोटमा परी २ सय भन्दा बढीको ज्यान गएको थियो ।