समाचार

पर्सामा ९ प्रहरीसहित ५५ जनामा कोरोना पुष्टि

काठमाडौँ ।. केहीदिनयता नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या वढ्दो क्रममा छ । सुरुवातका दिनमा फ्रन्टलाइनमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुलाइ कोरोनाको संक्रमण नदेखिएपनी पछिल्लो समय भने देशका बिभिन्न प्रहरी युनिटहरुमा कार्यरत कर्मचारीहरुमा संक्रमण देखिएको छ । पर्सामा थप ९ प्रहरीसहित ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको स्वाब परीक्षणमा ९ प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । संक्रमण

बाँकेमा कोरोनाको कहर, आइसोलेसन भरिभराउ

नेपालगन्ज २७, साउन । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसन सेन्टर कोरोना संक्रमितका विरामीले भरिभराउ भएको छ । संक्रमित विरामीलाई राख्ने ठाउँको अभाव भएपछि पाँचजना विरामीलाई दाङको कोरोना विशेष अस्पताल बेलझुण्डी पठाइएको छ । खजुरा आइसोलेसनमा लक्षण देखिएका विरामीहरु राख्ने गरिएको छ । ३० वेड क्षमताको यो अस्पताल विरामीले भरिभराउ छ । प्रदेश सरकारको निर्णय अनुसार भेरी अस्पताल मातहत रहने गरी यो अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएको छ ।

क्रिसमसमा आमिरको ‘लालसिंह चड्डा’

काठमाडौ । कोरोना संक्रमण देखिएको सुरुवातका दिनमा लकडाउन गरेको भातरले केही समय पश्चात भने लकडाउन खुकुलो पारेको थियो । लकडाउन खुकुलो पारेसंगै भारतमा कोरोना संक्रमितको संख्या दैनिक उकालो लागिरहेको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वढिरहदा समेत त्यहाँ लकडाउन छैन । केही व्यावसाय खुलेपनी सिनेमा हल भने बन्द छन । तर सिनेमाको छायांकन र सम्पादनका कार्य भने सुरु भैसकेका छन् । त्यस्तै नयाँ सिनेमा घोषणाको शिलशिला पनि बढ्दै गएको छ

३३८ कोरोना संक्रमित थपिए, १४० डिस्चार्ज

काठमाडौ २६, साउन । पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ । बुधबार देशभर ३८१ कोरोना भाइरस संक्रमित थपिएका थिए भने १३० जना डिस्चार्ज भएका थिए । बिहीबार देशभर ३६० कोरोना संक्रमित थपिएका थिए भने २३३ जना डिस्चार्ज भएका थिए

बालिका बलात्कार गरेको आरोपमा होटल सञ्चालक पक्राउ

रुकुम पश्चिम । रोजगारको प्रलोभन देखाइ होटलमा काम लगाई दिन्छु भनी ललाई फकाई जर्बरजस्ती करणी गरेको आरोपमा सल्यान प्रहरीले एक होटल सञ्चालकलाई पक्राउ गरेको छ । १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा शारदा नगरपालिका १ श्रीनगरका ४५ वर्षीय हिमराज बुढाथोकीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले वताएका छन । गत शुक्रबार २३ गते राति करिव साढे ८ बजेको समयमा बालिकालाई दारिमचौरको जंगलको बाटोमा बलात्कार गरेको पिडित

तस्विरः फाइल

काठमाडौं । पछिल्लो समय नोवेल कोरोना भाइरसले भयावह रुप लिइरहेको छ । हालसम्म विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ७ लाख २२ हजार वढि मानिसहरुले ज्यान गुमाइसकेका छन । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख २२ हजार २८५ को मृत्यु भइसकेको छ । कोरोना भाइरसका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ । हालसम्म विश्वमा

देशभर बदली, केही स्थानमा भारी वर्षा हुने

काठमाडौं २६, साउन । देशभरको मौसम सोमबार सामान्यतया बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिण तर्फ रहेकाले मौसम बदली भएको हो। अहिले देशका अधिकांश भू–भागमा समान्यदेखि पूर्ण बदली भएको छ । सबै प्रदेशहरुका केही स्थानमा वर्षा भइरहेको मौसमविदले बताएका छन् । सोमबार दिउँसो देशभर सामान्य बदली रही केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित

बाँकेमा आज तीनजना डिस्चार्ज

नेपालगन्ज २६, साउन । बाँकेमा सोमवार थप तीन जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । आइसोलेसनबाट डिस्चार्ज हुनेमा बाँके राप्तीसोनारी गाउँपालिका ८ का दुई जना र एकजना प्युठान मल्लरानी ३ का हुन् । योसँगै बाँकेमा चार सय पाँचजना उपचारपछि निको भएर घर फर्किसकेका छन् । बाँकेमा कुल संक्रमितको संख्या ६ सय १७ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट बाँकेमा तीनजनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो १५ दिन यतामात्र बाँकेमा

पाकिस्तानबाट भारत आएका एकै परिवारका ११ जनाको शव फेला

काठमाडौं २६, साउन । भारतको राजस्थानमा पाकिस्तानबाट आएका एक परिवारका ११ जनाको मृत्यु भएको छ । जोधपुर जिल्लाको देचू थाना क्षेत्रको खेतमा उनीहरुको शव भेटिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । परिवारका एक सदस्यमात्रै जीवित रहेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ । घटनास्थलबाट किटनाशक औषधि भेटिएका र मृत्युको कारण पारिवारिक कलह हुन सक्ने जोधपुर ग्रामीणका प्रहरी अधिकारी राहुल बारहटले बताएको बिबिसी हिन्दीले उल्लेख

काठमाडौं उपत्यकामा थप ९० जनामा कोरोना संक्रमण

काठमाडौं पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै वढिरहेको छ । नेपालका विभिन्न जिल्ला संगै काठमाडौं उपत्यकामा पनी संक्रमितको संख्या दिनप्रतिदिन  वढिरहेको छ । उपत्यकामा आइतबार मात्र थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जनामा संक्रमण देखिएका छन् । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ४४ ललितपुरका एकजनामा कोरोना पुष्टि भएको छ । यस्तै