समाचार

इजरायली हवाई आक्रमणमा तीन लेबनानी सैनिकको मृत्यु

बेरुत। इजरायली सेनाले आइतबार दिउसो दक्षिणी लेबनानको सीमा क्षेत्रमा एउटा गाडीलाई लक्षित गरी आक्रमण गर्दा तीन लेबनानी सैनिकको मृत्यु भएको लेबनानी सेनाको कमाण्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । “इजरायली सेनाले दक्षिणमा ऐन एबेल–हानेन सडकमा सेनाको एउटा गाडीलाई निशाना बनाएको र आक्रमणबाट तीन लेबनानी सैनिकको मृत्यु भएको छ,” लेबनानी सैन्य कमाण्डले भनेको छ। लेबनानी सैन्य स्रोतले नाम नबताउने शर्तमा दिएको जानकारीअनुसार इजरायली सेनाले उक्त गाडीमा सिधा रकेट प्रहार गरेको थियो

कतारलाई सरकारले एक जोडी हात्ती उपहार दिने

काठमाण्डौं । नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ ।  शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहार स्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने भएको हो ।  बैठकले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्रकृतिक संरक्षण कोषलाई हस्तान्तरण समेत गरेको छ । 

आईसीसी महिला टी–२० मा न्युजिल्यान्ड पहिलो पटक च्याम्पियन

दुवई । आईसीसी महिला टी–२० विश्वकप २०२४ उपाधि न्यूजिल्याण्डले हात पारेको छ । दक्षिण अफ्रिकालाई न्यूजिल्याण्डले ३२ रनले हराउँदै न्युजिल्यान्डले पहिलो पटक महिला टि ट्वान्टी विश्व कपको उपाधि जितेको हो । यस खेलमा दक्षिण अफ्रिकाको महिला टिमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । किवीले अवसरको फाइदा उठाउँदै पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाकाको टिमले लगातार

लुम्बिनी प्रदेश समन्वय परिषद कतारद्वारा गरियो टीका ग्रहण तथा शुभकामना आदानप्रदान

दर्शन सुनार/कतार : “हामी प्रदेशीहरुको चाहना,समृद्धप्रदेश हाम्रो कामना” भन्ने मुल नाराका साथ लुम्बिनी प्रदेश समन्वय परिषद कतारले बिजयादशमीको ” टीका ग्रहण” कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । लुम्बिनी प्रदेश समन्वय परिषद कतारको आयोजना तथा प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरुको सह-आयोजनामा हिन्दु धर्मावलम्बीहरुको महान पर्व बडा दशैको उपलक्ष्यमा शुभकामना आदान-प्रदान कार्यक्रम फुलबारी रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमका बीच सम्पन्न गरेको हो । लुम्बिनी प्रदेश समन्वय परिषद कतारका कार्यबाहक अध्यक्ष सजन लौडारीको सभापतित्व

सद्भाव युवा समाज कतारद्वारा 'टीका ग्रहण' कार्यक्रम सम्पन्न

दर्शन सुनार/कतार : हिन्दु धर्मावलम्बीको महान चाड बडा दशैको  उपलक्ष्यमा सदभाव युवा समाजको आयोजनामा शुभकामना आदान-प्रदान तथा “टीका ग्रहण”कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न गरेको छ । “आपसी सहयोग,सामाजिक सद्भाव र बन्धुत्वको लागि” भन्ने मुल नाराका साथ युवा समाजले स्थापना काल देखि नै  बिजयादशमीको मनाउदै आएको र बिगतका बर्षहरुमा यस वर्ष पनि निरन्तरता दिदै दोहा नज्मामा अवस्थित रोयल नेपाली रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदान प्रदान तथा “टीका जमरा ग्रहण

भब्य बन्यो वृहत् साँस्कृतिक कार्यक्रम, सम्झनाले कतारबासीलाई नचाईन् छमछमी

दर्शन सुनार / कतार: क्षत्री समाज नेपाल,कतार शाखाले आयोजना गरेको बिजया दशमी,शुभ दिपावली साथै छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । समाजले “क्षत्री दिवसको अवसर पारेर महावीर पुनले स्थापना गरेको “राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोगार्थ” गर्ने हेतुले आयोजना गरेको  “बृहत् सांस्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथी कलाकार लोक तथा दोहोरी गायिका सम्झना भन्डारीले कतारबासीलाई छमछमी नचाईन । कार्यक्रमको मुख्य आकर्षकको रुपमा रहेकी अतिथि कलाकार भन्डारीले “न दशैको

क्षेत्री समाजको 'वृहत् सांस्कृतिक कार्यक्रम'को लागि गायिका भण्डारी कतारमा

दर्शन सुनार/कतार : क्षेत्री समाज नेपाल “कतार शाखाले आयोजनामा शुक्रबार हुन लागेको “बृहत् साँस्कृतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथी कलाकार दोहा आईपुगेकी छिन । शुक्रबार सनैयामा अवस्थित फुलवारी रेष्टुरेन्टको सभाहलमा दिउसो १२ बजे सुचारु हुने बृहत्साँस्कृतिक कार्यक्रमका लागि चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी बुधबार राती कतार आईपुगेकी हुन । अतिथि कलाकारलाई स्वागत गर्नको लागि समाजका अध्यक्ष महासचिव,कार्यक्रम संयोजक लगायत अन्य लगायत अन्य ब्यक्तित्वहरु हमद अन्तर्राष्ट्रिय

‘छक्का पञ्जा’, ‘१२ गाउँ’ र  ‘ज्वाइँ साब’ कसले मार्ला बाजी

काठमाडौं । असोज २४ गते रिलिज हुने तीन चलचित्र ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ज्वाइँ साब’को प्रि–बुकिङ खुला भएको छ । क्यूएफएक्स, आईएनआईलगायत हलले प्रि–बुकिङ खुला गरेका हुन् । चलचित्र रिलिज भएसंगै बाजी कसले मार्छ चासोको बिषय बनेको छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा सबैभन्दा धेरै शो ‘छक्का पञ्जा–५’ले पाएको छ । काठमाडौं उपत्यकामा मात्रै यसले ३८ शो पाएको छ । ‘१२ गाउँ’ले २२ र ‘ज्वाइँ साब’ले २१ शो पाएको छ

दर्शकको राम्रो साथ पाएको ‘बेहुली फ्रम मेघौली’ पाइरेसीको मारमा

काठमाण्डौं । घटस्थापनाको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको छ । कतिपयले हलमा चलचित्रका दृश्यहरूलाई खिचेर टुक्राटुक्रा पारेर सामाजिक सञ्जालमा राखेका छन् । समाजले युवतीहरूलाई विवाहका लागि दिने दबाब र त्यसले निम्त्याउने क्रियाकलापलाई रोचकशैलीमा चलचित्रले प्रस्तुत गरेको छ । अभिनेत्री स्वस्तिमा खड्का तथा निर्देशक निश्चल बस्नेतको लगानीमा बनेको फिल्ममा मुख्य भुमिकामा पनि निश्चल र स्वस्तिमालाई देख्न सकिन्छ ।

प्रहरीको बढुवा अन्यौलमा, ४ हजार दरबन्दी रिक्त

काठमाडौं । नेपाल प्रहरीमा तलदेखि माथिसम्म करिब ४ हजार दरबन्दी रिक्त छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले ती दरवन्दीमा बढुवा र भर्नाको प्रकृया अघि नबढाउदा दुई महिनादेखि नेपाल प्रहरी अस्तव्यस्त बनेको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार दशैँअघि बढुवा र भर्नाको कुनै पनि प्रकृया अघि बढ्दैन । नेपाल प्रहरीको कार्यासम्पादन मूल्याकनको विवरण असोज २१ गते अर्थात हिजो मात्रै सकिएको छ । साथै, आइजीपीले गृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरीको दरवन्दीमा