समाचार

हनुमन्ते नदिबाट बगेको ग्यास बुलेट पुलमाथि अड्कियो

काठमाडौ । अविरल वर्षासँगै आएको बाढीले राजधानीमा एउटा ग्यास बुलेट बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान हनुमन्ते नदीमा बगेको बुलेट अहिले च्यासलस्थित पुलमा अड्किएको छ ।  बुलेट अडकिएर खोला छेक्दा च्यासल तरकारी बजार र एमाले पार्टी कार्यालय डुबानमा परेको छ । अड्किएको ग्यास बुलेट निकाल्न समस्या देखिएको र निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । राटोपाटीबाट साभार

भक्तपुरका विभिन्न क्षेत्र डुबानमा, ५ जना बेपत्ता

भक्तपुर । निरन्तर भारी वर्षाले भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेको छ । सो क्षेत्रमा पहिरो र बाढीमा परी पाँच जना बेपत्ता भएका छन् । बाढी र डुबानका कारण जनजीवन अस्तव्यस्त भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीका अनुसार ठिमीमा पहिरोले चारजना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका छन् । उनीहरुको नाम ठेगाना नखुलेको र खोजीकार्य जारी रहेको उनले बताए । मनोहरा, हनुमन्ते घट्टेखोलाको बाढीले सडक

कतारमा ३९ जना नेपालीले गरे रक्तदान

दर्शन सुनार/कतार : “उत्कृष्ट मानविय सेवाबाट अभिप्रेरित भई रक्तदान-जिवनदान” भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शेष घलेद्धारा सरंक्षित गैर आवासिय नेपाली संघ कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार कतारको हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा ९० जनाको उपस्थिति रहेको थियो । ५३ जनाले रक्तदान गर्नको लागि रजिष्ट्रेसन गरेका थिए । जस मध्य

नेपालगञ्जमा रात्रि दौड सम्पन्न, सेनाका पाल र साहु बने प्रथम

नेपालगंज । नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन्। संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्री दौडमा पालले ३१ः०७ः२१ मिनेटमा दस किलोमिटर दौड पूरा गर्दै च्याम्पियन बनेका हुन्।  यसमा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दोस्रो र किरणसिंह बोगटी तृतीय भए। सन्तोषले ३२ः४८ः४४ मिनेटमा निर्धारित दुरी पूरा गर्दा किरणले ३२ः५४ः६३ मिनेटमा दौड पूरा

भत्किएको नौं वर्षपछि सर्वसाधाराणका लागि खुल्यो धरहरा

काठमाडौं । संविधान दिवसको अवसर पारेर सरकारले धरहरा आज खुला गरेको छ । नौं वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भिमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएको हो ।  शहरी विकास मन्त्रालयले आज बिहानैदेखि धरहरा चढ्ने व्यवस्था मिलाएसँगै सर्वसाधारणको भिड लागेको छ ।मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले यसको व्यवस्थापनको जिम्मा

चौथो नेपालगञ्ज फोटो फेस्टिवलकालागि फोटो आह्वान, पुरस्कार राशी दोब्बर 

नेपालगंज : चौथो नेपालगञ्ज फोटो फेस्टिवल अन्तर्गत फोटो प्रतिष्पर्धाकालागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति यही असोज १७ गते सम्म रहेको छ ।  अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिवलको प्रतिस्पर्धामा देशैभरबाट फोटो पठाउन सकिन्छ ।९ वटा विधामा फोटो प्रतिष्पर्धा हुनेछ भने हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुनेछ र प्रतियोगी सबै फोटो मध्ये सर्वोत्कृष्ट फोटोलाई बर्ष फोटो उपाधीबाट पुरस्कृत गरिनेछ । 

रास्वपा सकिएको होइन, रास्वपाले सकाउँछ, लडाई बल्ल सुरु हुदैछ :रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कतिपयले रास्वपा सकिएको भनेर टिप्पणी गर्ने गरेपनि रास्वपा नसकिएको बरु रास्वपाले अरूलाई सक्काउने बताएका छन् । काठमाडौँको कमलादीमा मंगलबार सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी स्थापनाको छोटो समयमा हुनुपर्ने र नपर्ने घटनाका चाङमाथि रास्वपा उभिएको भन्दै कुनै न कुनै समस्याले नछोडेको बताए ।  ‘हाम्रो आगमन नै अरूका लागि समस्या भयो त हामी के गरौँ ?’,

कतारमा गायक रमेश राज भट्टराईसहित चार कलाकार सम्मानित

दर्शन सुनार/कतार : कतारमा आफ्नो सांगीतिक प्रस्तुति दिन पुगेका चार कलाकार सम्मानित भएका छन । सम्मानित हुने कलाकारहरुमा पछिल्लो समयका ब्यस्त तथा चर्चित गायक रमेश राज भट्टराई,सर्जक तथा लोक दोहोरी गायिका प्रतिभा शर्मा चापागाईं ,डाईरेक्टर/कोरियोग्राफर प्रदिप कुमार रसाइली र मोडल तथा नृत्याङ्गना रिया बिश्वकर्मा रहेका छन । चारै जना कलाकारहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान शाखा कतारले शनिवार एक कार्यक्रमको आयोजना गर्दै कलाकारलाई दोसल्ला ओढाएर सम्मान पत्र ग्रहण गर्दै

पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशनबाट अध्यक्षमा नन्दलाल

दर्शन सुनार/कतार : पर्वत समाज कतारको संरक्षकत्वमा स्थापित पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोषले प्रथम अधिवेशन २०२४ भब्य रुपमा सम्पन्न गरेको छ । पर्वत समाज बहुउद्देश्यीय अक्षयकोष कतारका अध्यक्ष नन्दलाल बिक(अजय) को सभापतित्व तथा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन बाट आगामी कार्यकालका लागि अक्षयकोषका तदर्थ समिति संयोजक नन्दलाल बिक (अजय) अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन । त्यस्तै उपाध्यक्षमा छबिलाल भट्टराई,श्यामलाल न्यौपाने,चिन्तामणी

नेपाल मगर संघ कतारले गर्‍यो कलाकार रेखा मगरलाई सम्मान तथा बिदाई

दर्शन सुनार/कतार : नेपाल मगर संघ शाखा कतारले कलाकार रेखा मगरलाई संस्थागत सम्मान तथा बिदाई गरेको छ । मध्यपुर्वको देश कतारलाई २०११ देखि कर्म थलो बनाउदै आएतापनि नेपाल मगर संघ शाखा कतारमा २०१७ देखि आवद्ध रहेकी कलाकार रेखा मगर कर्मभुमी कतारलाई बिट मार्दै मातृभुमी फर्कन लागेको अवसरमा नेपाल मगर संघ शाखा कतार र नेपाल मगर साँस्कृतिक परिवारले एक कार्यक्रमका बिच कलाकार मगरलाई आफ्नो कलाकारिता मार्फत संस्थामा पुर्‍याएको योगदानलाई कदर गर्दै