शुक्रबारको घटनामा दुई जनाको मृत्यु, प्रहरीसहित ११० घाइते
काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रवारको घटनामा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्षतिको विवरण सार्वजनिक गरेको छ । तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ । तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो घटनामा जम्मा एक सय १० जना घाइते भएका छन् ।