समाज

माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै, सरकारलाई दिएको समर्थनबारे छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज (मंगलबार) स्थायी समितिको बैठक बस्दैछ । माओवादी केन्द्रले आज बिहान आठ बजे बस्ने गरी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाएको हो ।   सरकारलाई दिएको समर्थन फिर्ता, नयाँ सरकार गठनका सन्दर्भमा गठबन्धनको विषयमा समेत मंगलबार बस्ने बैठकमा छलफल हुने बुझिएको छ ।   माओवादी केन्द्रले पछिल्लो समय बसेको स्थायी कमिटीको बैठकले गरेका निर्णय र त्यसका कार्यान्वयनका विषयमा समेत छलफल हुने पेरिसडाँडानिकट एक नेताले जानकारी दिए ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।   प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ र ‘महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।   उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘उद्योग तथा वाणिज्य

पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५० जना कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४४ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   साेमवार थपिएकासहित नेपालमा अहिलेसम्म दुई लाख ७६ हजार ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।यस्तै गएको २४ घण्टामा ९९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२

सरकारले थप गर्यो चाडपर्व बिदा

काठमाडौं । सरकारले चाडपर्व बिदा थप गरेको छ । वि.स २०७८ मा विगतमा भन्दा चार दिन बिदा दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो ।गृह मन्त्रालयको प्रस्तावअनुसार जनैपूर्णिमा, दशैंको घटनास्थपना र माघे संक्रान्तिमा समेत मुलुकभरी विदा दिने निर्णय ५ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो । साथै तिहारको भोलिपल्ट पनि विदा थप गरिएको छ । विगतमा तिहारमा तीन दिन विदा दिने गरिएकोमा आगामी वर्ष चार दिन हुने भएको छ ।  

नेता पौडेल पक्षले गठबन्धन सरकार निर्माणका लागि नेतृत्वलाई दबाब दिने

काठमाडौं । काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको अलमलका कारण पार्टी अनिर्णयको बन्दी हुन पुगेको निष्कर्ष निकालेको छ । पौडेल पक्षका शीर्ष तहका नेताहरुको आइतबार भएको छलफलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को गठबन्धन सरकार निर्माणका लागि नेतृत्वलाई दबाब दिने निर्णय गरेको छ ।   प्रधानमन्त्रीका लागि पार्टीले यसअघि नै संसदीय दलका नेतासमेत रहेका देउवाका नाममा सर्वसम्मतिबाट निर्णय लिइसकेको

सेती नदीमा भेटिएको शवको पहिचान हुन सकेन

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडास्थित सेती नदीमा आइतबार भेटिएको शव पहिचान गर्न कठिन भएको छ । अन्दाजी ४० र ५० वर्ष देखिने पुरुषको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।   स्थानीयवासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सातदेखि १० दिन पुरानो शव भएकाले अनुहार चिनिन नसक्ने अवस्था रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । “अनुहार चिन्न सक्ने

राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागी बंगलादेश जादै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बंगलादेश जाने भएकी छन्। बङ्गलादेशको चैत ९ र १० गते राजकीय भ्रमणका लागि राष्ट्रपति जान लागेकी हुन्। बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहकाक अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ जान लागेकी हुन् । राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)

होटल तथा रेस्टुरेन्टलाई कोरोनाकालको विद्युतु शुल्क मिनाहा

काठमाडौं । सरकारले होटल तथा रेस्टुरेन्टलाई कोरोनाकालको विद्युतुकाे डिमान्ड शुल्क मिनाहा गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यससम्बन्धी मन्त्रिपरिषद्को फागुन २० गतेको निर्णय आइतबार सार्वजनिक गरेका हुन्। कोभिड–१९ बाट अति प्रभावितको सूचीमा रहेका होटल तथा रेस्टुरेन्टलाई विद्युत् खपत गरे पनि नगरे पनि तिर्नुपर्ने न्यूनतम शुल्क मिनाहा तथा छुट दिने निर्णय भएको मन्त्री गुरुङले बताए। यो सुविधा होटल उद्योगका रूपमा दर्ता भई सञ्चालनमा रहेका, नियमित नवीकरण

बेरुजु फस्र्यौटमा उत्कृष्ट कार्य गर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख पुरष्कृत

काठमाडौं ‌। बेरुजु फस्र्यौटमा उत्कृष्ट काम गर्ने गृह मन्त्रालय अन्र्तगतका निकाय पुरस्कृत भएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले आइतबार पुरस्कृत गरेका छन् । नेपाल प्रहरीका आइजिपी शैलेन्द्र थापा क्षेत्री तथा सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल पुरस्कृत भएका छन् । नेपाल प्रहरीले ९१ प्रतिशत तथा सशस्त्र प्रहरीले ६१.९२ प्रतिशत बेरुजु फस्र्यौट गरेको छ । गृह मन्त्राललयले ७६.८७ प्रतिशत बेरुजु फस्यौट गरेकोमा मन्त्रालयका कर्मचारीहरु पनि पुरस्कृत भएका छन् । गृहसचिव महेश्वर

मनाङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । मनाङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ध १ ख ५९२ नम्बरको मालबहाक ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । घटनास्थलमा तीन जनाको र उपचारका क्रममा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक सुवास खड्काकाले बताए । उनले मनाङको नासों गाउँपालिका वडा नम्बर ४ स्थित खोत्रोमा शनिबार अपरान्ह ३ बजेतिर ट्रक दुर्घटना भएको जानकारी दिए । प्रहरीका