समाज

ललाइफकाई भारततर्फ लैजाँदै गरिएकी महिलाको डोकेबजारबाट उद्धार

कन्चनपुर । प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट बिहीबार उद्धार गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका–१ कौवापुर बस्ने प्रेम लुहारकी श्रीमती ३२ वर्षीया सीता लुहारलाई ललाइफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए । उनका अनुसार उद्धार गरिएकी महिलासहित डगौरालाई आवश्यक कारवाहीका

स्थानीय तहको हिउँदे अधिवेशन शुरु

बझाङ । जिल्लाका स्थानीय तहले हिउँदे अधिवेशन शुरुआत गरेका छन् । अधिवेशनमा पालिकाहरुले आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित योजना कार्यक्रमको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा गर्नेछन् । दुर्गाथली गाउँपालिकाले सरोकारवालाको सहभागितामा अधिवेशन गरेको छ । अध्यक्ष प्रयागराज जोशीले अघिल्ला वर्ष जस्तै यसपाली पनि अधिवेशन शुरु गरेको जानकारी दिनुभयो । विकासका अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, गुनासा काम गर्दाका समस्याका बारेमा छलफल हुने उहाँले बताउनुभयो । यसका साथै ऐन

पेट्रोलियम पदार्थमा मूल्य बढाएको भन्दै जसपाद्वारा ग्यास सिलिन्डर सहित प्रदर्शन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले थाल, चम्चा र ग्यास सिलिन्डर प्रदर्शनसहित राजधानीमा बुधबार विरोध जनाएको छ । काठमाडौंको माइतीघर मण्डलमा जसपाले प्रदर्शन गरेको हो । सरकारले सातामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै जसपाले नाराबाजीसहित थाल, चम्चा र ग्यासको खाली सिलिन्डरसहित प्रदर्शन गरेको हो । जसपाले मूल्यवृद्धि फिर्ता, संसद् पुनःस्थापन गर, खाद्यान्नलगायत महत्त्वपूर्ण सामानको मूल्यवृद्धिमा नियन्त्रण गर, पहिचानमा आधारित संघीयताको पुनर्संरचना गर, राष्ट्रपति संस्थाको मर्यादा कायम गर, महिला

बलात्कारीलाई पक्राउ नगरेसम्म भागरथीको शव नबुझ्ने आफन्तको माग

बैतडी । बैतडिको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका एक किशोरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत सोही गाउँका १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको हो । मृतक भागरथीका दाजु शङ्कर भट्टले बुधबार दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दिनेशलाई

भागरथी हत्या अभियोगमा पक्राउ परेका व्यक्तिको उमेर नपुग्दा आधा सजाय हुने

बैतडी । बैतडीकी भागरथी भट्टको बलात्कार र हत्या अभियोगमा पक्राउ परेका व्यक्ति नाबालिग रहेको पाइएको छ । पक्राउ परेका दिनेश भट्ट एसईई परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र अनुसार १६ वर्ष पूरा हुन बाँकी रहेको देखिएको हो । स्थानीय भूमिराज माध्यमिक विद्यालय चडेपानीका प्रधानाध्यापक प्रजापति भट्टका अनुसार एसईईको प्रमाण पत्रमा दिनेशको जन्म मिति २०६१/११/१० उल्लेख छ । नागरिकता बनाउन उमेर नपुगेकाले प्रहरीले विद्यालयबाटै जन्म मिति प्रमाणित गर्ने तयारी गरेको छ । घटना

गुल्मीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु ७ जना घाइते

गुल्मी । गुल्मीको परालमीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका १४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप वडा कार्यालय नजिकै दुर्घटना हुँदा १ जनाको मृत्यु भएको वडाअध्यक्ष शेरबहादुर पहराईले जानकारी दिए । दुर्घटनामा घाइते भएका ७ जनालाई जिल्ला अस्पताल तम्घास पठाइएको वडाअध्यक्ष पहराईले बताए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी

महाधिवेशनको मिति तोक्न कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा बस्दै

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति तोक्न केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो समितिको बैठक बोलाइएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक बोलाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बोलाएको आफू पक्षीय जिल्ला सभापतिको भेला स्थगित गरेका छन्। फागुन ७ देखि तोकिएको १४ औं महाधिवेशन समयमा हुन नसके पनि नयाँ मिति घोषणा गरिएको थिएन। भदौभित्र महाधिवेशन गर्नै पर्ने

नेपाल प्रहरीले गर्यो दिल्लीवाट महिला र बालकको सफल उद्धार

काठमाडौं । इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले नेपालबाट दिल्ली लगिएका एक महिला र बालकको उद्धार गरेकोछ । सिरहा नगरपालिका ७ स्थित आफ्नै घरबाट गत मङ्सिर २७ गतेदेखि वेपत्ता भएका २३ वर्षीया महिला र उनका ५ वर्षीय तथा ३ वर्षीय छोराको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा भारतको नयाँ दिल्लीबाट शनिबार शकुशल उद्दार गरेको हो । उनीहरू घरबाटै वेपत्ता भएको र भारत बिहारको दरभंगा बस्ने दिपक पासवानसँग रहेको अवस्थामा दिपकका आफन्त भारतीय

एक सातामै पुनः पेट्रोलियम पदार्थमा मुल्य वृद्धि

४ फागुन, काठमाडौं । नेपाल आयल निगमले एक सातामै पुनः पेट्रोलियम पदार्थको भाउ बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनकाे भाउ लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ । बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलकाे ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा चेलकाे भाउ

भागरथी पढ्ने विद्यालयकै छात्रद्धारा बलात्कार र हत्या गरेको स्वीकार बुधवार सार्वजनिक गर्दै

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयकै एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेको छ । स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । प्रहरी स्रोतका अनुसार दिनेश भट्ट नाम गरेका ती छात्रलाई आज बुधवार बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ । माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन्