समाज

सवारी दुर्घटनामा परी गस्तीमा गएका  जवानको मृत्यु हवल्दार गम्भीर घाइते 

रसुवा । रसुवामा सुरक्षा गस्तीमा गएका एक प्रहरी जवानको सवारी दुर्घटनामा परी निधन भएको छ । मृत्यु हुनेमा चितवन जिल्ला साविक बेथौली–५ घरभई अस्थाई प्रहरी चौकी ग्राङमा कार्यरत प्रहरी जवान इन्द्रबहादुर अर्याल रहेका छन्। रात्रिकालिन शान्ति सुरक्षाका लागि राम्चे क्षेत्रको गस्ती सम्पन्न गरी ग्राङ प्रहरी चौकी फर्कने क्रममा उनीहरु चढेको प्रदेश नं ३ (३००१ प ३३७५ नम्बरको मोटर साइकल राम्चे बजार नजिकैको खोल्छा छेउमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख

जापानमा ७ रेक्टरको शक्तिशाली भूकम्प

काठमाडौं । जापानमा शनिबार राति शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार राजधानी टोकियो नजिकै फुकुसिमा प्रान्त केन्द्रबिन्दु भएर ७ रिक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु ३०६ उत्तरपूर्व रहेको छ भने सुनामीको समेत चेतावनी दिइएको छ । हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन । भूकम्प स्थानीय समयानुसार रातिको ११ बजेर १३ मिनेटमा गएको हो ।

इन्सपेक्टर बढुवा रोकियो असई वढुवाको तयारी

काठमाडौं । नेपाल प्रहरीको सइबाट इन्सपेक्टर बढुवा तत्कालका लागि रोकिएको छ । बढुवामा कोटा हेरफेर गर्ने तयारी छ । हाल रिक्तमध्ये ४० प्रतिशत पदमा बढुवा र ६० मा भर्नाबाट पदपुर्तीको प्रावधान छ । त्यसलाई संशोधन गरी बढुवाको कोटा बढाउन लागिएको स्रोत बताउँछ । ४० प्रतिशत मात्र बढुवा गर्दा सइबाट इन्सपेक्टर हुन २० वर्ष लाग्ने अवस्था आएकाले हेरफेर गर्न लागिएको हो । हाल इन्सपेक्टरका एक सय पद रिक्त छन् । त्यससम्बन्धि

ट्रक र माइक्रो बस ठोक्किँदा २ जनाको मृत्यु ५ जना घाइते

काठमाडौं । पृथ्वीराजमार्गस्थित चरौंदी बजारमा रोकिराखेको ट्रकमा माइक्रो बस ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४ नम्बरको माइक्रोबस बेनीघाट चरौंदी बजार रातोघरनेर रोकिराखेको ना ६ ख ४६० नम्बरको ट्रकमुनि छिरेको थियो । उक्त घटनामा माइक्रोबसको अगाडि सिटमा बसेका देवचुली नगरपालिका–१६ निवासी ५० वर्षीया हिरामाया गुरुङ र नवलपरासी रजहरकी ६५ वर्षीया कृष्णकुमारी केसीको घटनास्थलमै मृत्यु भएको

डायमन्डलाई पराजित गर्दै एपिएफ फाइनलमा

पोखरा । होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल एपिएफ क्लब प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । फाइनल पुग्न जित निकाल्नै पर्ने खेलमा डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले फाइनलमा पुलिससँगको भेट पक्का गरेको हो । समान ५ अंक भएपनि सेटको आधारमा एपिएफ अघि बढेको हो । पुलिस ६ अंक जोडेर पहिलो स्थानमा रहदै फाइनलमा पुग्न सफल भयो ।

लोकदोहोरी प्रतिभाका लागि ‘दोहोरी च्याम्पियन’ हुने प्रथमलाई २० लाख पुरस्कार

काठमाडौं । लोकदोहोरी प्रतिभाका लागि ‘दोहोरी च्याम्पियन’ हुने भएको छ । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ स्लोगनसहित सुरु हुन लागेको ‘दोहोरी च्याम्पियन’को डिजिटल अडिसन आजबाट सुरु भएको छ । फागुन १ बाट सुरु डिजिटल अडिसन ८ गतेसम्म सकिने छ । सहभागिताका लागि एक जना पुरुष र एक जना महिलाको समूह बनाएर कम्तिमा ४/४ टुक्का दोहोरी गाएर फेसबुक अथवा इमेलमा पठाउनु पर्नेछ । नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘दोहोरी च्याम्पियन’का प्रथमले २० लाख,

भारतमा गोली हानेर पाँच जनाको हत्या दुई जना घाइते

काठमाडौं, १ फागुन । भारतमा गोली हानेर पाँच जनाको हत्या भएको छ । भारतको हरियाणामा शुक्रबार गोली हानेर पाँच जनाको हत्या भएको हो । हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चलेको हो । समाचार एजेन्सी एएनआईका अनुसार घटनामा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएको छ । समाचारमा पुरानो रिसिइबीका कारण एउटा समूहले गोली चलाएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको छ । दृष्टिन्युज

नेकपा ओली समूहले आज बुटवलमा आमसभा गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज बुटवलमा आमसभा गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति प्रदर्शनसहितको उक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । दिउँसो १२ बजेपछि बुटवल–७ स्थित सिद्धेश्वर माविको प्रांगणमा हुने सभामा २ लाख जनता उतार्ने ओली समूहको दाबी छ । ओली समूहका प्रदेश कमिटी इञ्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले आमसभाका सबै तयारी पूरा भएको जानकारी दिएका छन् । उनले भने, ‘हजारौं मानिसहरु आमसभाका

नयाँ दिल्ली आसपासमा ६.१ रेक्टर स्केलको भुकम्पको धक्का

काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली आसपासमा शुक्रबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र भारतका अनुसार राति १० बजेर ३१ मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । केन्द्रका अनुसार ताजकिस्तानको जमिनबाट ८० किलोमिटर गहिराईमा भूकम्पको केन्द्रबिन्दु परेको छ । यसअघि आजै राजस्थानमा पनि भूकम्पको झड्का महसुस गरिएको थियो ।

फागुन तेस्रो सातादेखि सार्वसाधारणलाई कोरोना खोप दिने सरकारको तयारी

काठमाडौं । सरकारले २३ फागुनदेखि आम सार्वसाधारणलाई कोरोना खोप दिने तयारी गरेको छ । भारतले १० लाख डोज खोप अनुदान दिएपछि १४ माघदेखि खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाउने सरकारको लक्ष्य थियो । तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाए । २६ माघदेखि ३० माघसम्म पत्रकार र कूटनीतिक नियोगमा