सर्लाहीको बरहथवामा मारिएका युवकको परिवारलाई सरकारले दस लाख दिने
काठमाडौँ । सर्लाहीको बरहथवामा गोली लागेर मृत्यु भएका युवकको परिवारलाई सरकारले दस लाख रूपैयाँ दिने निर्णय गरेको छ। शनिवार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी सो घटनामा मृत्यु भएका साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको हो । साथै सो घटनाबारे सत्य तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरिएको विज्ञप्तिमा उल्लेख छ । छानबिन