चन्द्रागिरि शेयरमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट
काठमाण्डौं । चन्द्रागिरि हिल्स लिमिटेडको ११ औँ वार्षिक साधारण सभा बुधवार (हिजो) सम्पन्न भएको छ । साधारण सभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको छ । साधारण सभाको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणका लागि आह्वान गरेको साधारण शेयरमा आवेदन दिने सबै आवेदकलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । शेयरमा देखिएको उल्लेखनीय सहभागिता, सबैलाई शेयर पर्ने सम्भावना न्यून रहेको