समाज

भारतमा निर्मित औंठीले गिनिज बुकमा विश्‍व कीर्तिमान राख्यो

सीएनएन । एउटा औंठीमा कतिवटासम्म हीरा जडान गर्न सकिन्छ होला ? यसको जवाफ गिनिज बुकमा नयाँ विश्‍व कीर्तिमान (रेकर्ड) राखेको भारतमा निर्मित औंठीले दिएको छ, जसमा १२ हजार ६३८ हीरा जडान गरिएको छ । भारतको मिरुतस्थित रेनानी ज्वैलर्सका संस्थापक हर्षित वंशलले यसको अति आकर्षक डिजाइन सार्वजानिक गरेका हुन् ।   सयपत्री फूलमा आधारित भएकाले यो औंठीको नाम, ‘मेरी गोल्ड’ राखिएको छ र यसलाई समृद्धिको औँठी पनि भनिएको छ । यसमा

जबर्जस्ती करणी आराेपका फरार व्यक्ति रुकुम पश्चिम बाट पक्राउ

रुकुमपुर्व। एक महिलालाई जबर्जस्ती करणी गरेको आराेपमा अदालत बाट पक्राउ पुर्जी जारी भै फरार रहेका एक व्यक्ति रुकुम पश्चिम बाट पक्राउ परेका छन । पक्राउ पर्नेमा रुकुम पुर्व सिस्ने गाउँ पालिका १ का ३६ बर्षका कर्ण बहादुर बुढा रहेका छन ।उनलेे गएको ६ सात महिना अगाडि एक महिलालाई जबर्जस्तीकरणी गरेको आराेपमा मुद्दा दर्ता भएको थियोे ।   अदालत बाट पक्राउ पुर्जी जारी भएपछि निज रुकुम पश्चिम तिर राजनीतिक संरक्षणमा खुलेयाम

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि सुनुवाइ हुँदै

काठमाण्डौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुँदैछ । सर्वोच्चको संवैधानिक इजालासमा आजदेखि निरन्तर सुनुवाइ हुन लागेको हो ।   संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्रै बस्ने भएकाले रिटमाथि अन्तरिम आदेश आउन समय लाग्ने भएको छ । गएको १० गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले आजदेखि यो मुद्दामा निरन्तर सुनुवाइ गर्ने आदेश दिएको थियो

बङ्गलादेशवाट नेपालमा मल आउन समय लाग्ने

काठमाण्डौं । सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतीतपत्र) खोलेर बङ्गलादेश पठाइसकेको जनाइएको छ । नेपालका तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया सकिए पनि बङ्गलादेशबाट ढिलाइ भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।   कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी एलसी खोल्ने प्रक्रिया नसकिएका कारण मल ल्याउन अझै केही समय लाग्ने देखिएको बताउनुहुन्छ । उहाँका अनुसार कम्पनीले सिद्धार्थ बैठकमा एलसी खोलेको ड्राफ्ट बङ्गलादेशलाई पठाइसकेको छ ।   ‘हामीले पठाएको एलसी

भारतीय प्रहरीले गोली चलाउदा १६ वर्षिय नरेश घाइते

धनगढी । सीमावर्ती बजारबाट घरायसी सामान ल्याएर फर्किरहेका दोधारा–चाँदनी नगरपालिका– १ चाँदनीका १६ वर्षीय नरेश लुहारमाथि भारतीय सुरक्षाकर्मीले सोमबार साँझ गोली प्रहार गरेका छन् । खुुट्टामा गोली लागेर घाइते भएका उनको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । नरेशको दायाँ खुट्टामा गोलीको छर्रा लागेको छ । भारतीय बजार गडिगोठबाट फर्किने क्रममा जंगल क्षेत्रमा आफूलाई गोली हानिएको उनले बताए । सीमापारि जंगलको बाटोमा काटेर फालिएको रूखका विषयमा सोधपुछ गर्ने भन्दै भारतीय सुरक्षाकर्मीको टोलीले उनलाई

सर्वोच्चद्वारा मन्त्रिपरिषद नियुक्तिबारे सरकारसँग लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद नियुक्ति, हेरफेर वा कार्यविभाजन गर्नुको लिखित कारण सरकारसँग माग गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सोमबार सरकारसँग लिखित जवाफ माग गर्दै यही पुस २८ गते छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश जारी गरेको हो । राष्ट्रपति कार्यालय शीतलनिवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली, केशरजंग केसी, दिनेश लामिछानेले प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद्

वर्दियाको  बिकास र समृद्धिकालागी कुनै कसर बाँकी नराख्ने : राज्यमन्त्री विक

वर्दिया । उद्याेग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री विमला बि.क.ले बर्दियाको बिकास र समृद्धिकालागी आफु वर्दिया बासिको काधमा काध थाप्नलाई मन्त्री भएको बताउनुभयो । बढैयाताल उद्योग वाणिज्य संघले मैनापोखर स्थित सुनगाभा पार्टि प्यालेसमा राखेको स्वागत कार्यक्रलाई सम्वोधन गर्दै उक्त कुरा बताउनुभएको हो । मन्त्री विकले बर्दियाको विकाशका लागी आफु सदैब वर्दियावासी संगै हुने भएकोले वर्दियाकाे बिकास गर्ने कुरामा वर्दियावासीलाई ढुक्क रहन आग्रह गर्नु भयो । उहाले बर्दियाका सम्पुर्ण खेतहरुमा सिंचाई पुर्याउने

एक क्विन्टल गाँजासहित विरगंजवाट ७ जना पक्राऊ

पर्सा । लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौं तथा मातहत शाखा कार्यालय पर्सा वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज महानगरपालिका-२१ बाट १ सय ५ किलो अवैध लागूऔषध गाँजासहित ७ जनालाई आइतबार पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उप-महानगरपालिका-१९ का २४ वर्षीय विजय तामाङ, ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय किशोर, कैलाश गाउँपालिका-१० का २६ वर्षीय रामलाल गोले, धादिङ बेनीघाटरोराङग गाउँपालिका-१ का ३७ वर्षीय निरज लामा, चितवन राप्‍ती नगरपालिका-२ का

ईदमा सलमानको राधे रिलिज गरिदिन एसोसिएसनको आग्रह

काठमाडौं । मार्चको मध्येदेखि बन्द भएका भारतका सिनेमा हलहरु अक्टोबरको मध्यदेखि पुन: खोल्न अनुमति दिइयो । यद्यपि केही राज्यहरुले भने अझै सिनेमा हल पुनः खोल्न अनुमति दिइसकेका छैनन् ।   महामारीको मारमा परेका केही सिंगल स्क्रिन थिएटरहरु त सधैंका लागि बन्द नै गर्नुपर्‍यो । हलहरु पुनः खोलिसक्दा पनि दर्शकको चहलपहल र व्यापारले गति लिन नसकिरहेको अवस्थामा भारतका केही एक्जिबिटर एसोसिएसनले सुपरस्टार सलमान खानसँग सहयोग मागेका छन् । बाह्रखरी   उनीहरुले

आज र भोलि देशैभर वर्षाको सम्भावना

काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा सोमबार बिहान वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भएको हो । हाल देशभरको मौसममा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज र भोलि (मंगलबार) देशैभर वर्षाको सम्भावना रहेको छ । तर, ठूलो पानी पर्ने सम्भावना छैन । हल्का वर्षा हुनेछ । बुधबारदेखि मौसम क्रमशः खुल्ने महाशाखाले जानकारी दिएको छ ।   ‘‘आज र भोलि मौसम बदली