समाज

प्रचण्ड-नेपाल समूहलाई ओलिको आग्रह:  निर्वाचनमा भाग लिनुस केही सिट जित्नुस

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रचण्ड-नेपाल समूहलाई निर्वाचनमा भाग लिएर केही सिट ल्याउन आग्रह गरेका छन् ।   केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा ओलीले यस्तो बताएका हुन । उनले भने, “वैशाखमा पनि चुनाव हुँदैन भन्ने । अनी ओली पत्तासाफ पनि हुने । त्यसैले म भन्छु चुनावको तयारी गर्नुस् ।” बाह्रखरी

बागमती प्रदेशका मुख्यमन्त्री संसदीय दलको नेताबाट बर्खास्त

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल संसदीय दलको नेताबाट बर्खास्त भएका छन् । उनलाई संसदीय दलको नेताबाट हटाएर नेकपाका बहुमत सदस्यले अष्टलक्ष्मी शाक्यलाई चयन गरेका छन् ।   मुख्यमन्त्री पौडलेविरुद्ध यसअघि नै अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । नेकपा विभाजनपछि मुख्यमन्त्री पौडेल संकटमा परेका हुन् । बागमती प्रदेशमा नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले ओली निकट पौडेललाई हटाएर शाक्यलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । दृष्टिन्युज

सुर्खेतमा लागुऔषध सहित  दुई जना पक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८, सुर्खेत, इत्रामखोलानजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो ।   मंगलबार उनीहरुलाई सार्वजनिक गर्दै १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित सासू–बुहारीलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।   ‘विशेष सूचनाका आधारमा बुहारी शान्तिको

श्रीमतीको हत्या अभियोगमा फरार रहेका जीवन पक्राउ

काभ्रे । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा नुवाकोट ओखरपौवा–१ घर भई बारा निजगढ नगरपालिका–२ बस्ने ५३ वर्षीय जीवन नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।   काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा जीवनकी श्रीमती ४३ वर्षीया सीता नेपालीको शव पुस ९ गते फेला परेको थियो।   जीवन र सीता पनौती बेथानचोक क्षेत्रमा घर बनाउने मिस्त्रीको काम गर्थे। उनीहरूबीच आर्थिक कारोबार सम्बन्धमा विवाद हुने गरेको थियो। गत मंसिर २३ गते पनौतीबाट बेथानचोक

ओलीले संसद विघटन गरेर कलंकको टिका लगाए: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको टिका लगाएको बताएका छन्। प्रतिनिधिसभा विघटनविरूद्ध मंगलबार राजधानीको प्रदर्शनीमार्गमा प्रचण्ड-माधव पक्षीय नेकपाले आयोजना गरेको विरोधसभामा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर कलंकको टिका लगाइसकेको बताएका हुन्। ‘सदन भंग भएको छैन। केपी ओलीको सरकारमात्रै भंग भएको हो। उनले यस्तो कदम चालेर कलंकको टिका लगाएका छन्। त्यो टिका कहिल्यै मेटिनेछैन‚’ उनले भने‚ ‘जबसम्म केपी ओलीले पश्चाताप गर्दैनन्। उनले लोकतन्त्रमाथि घात

ताप्लेजुङमा डढेलो वड्दै, स्थानीय त्रसित

काठमाण्डाै । हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएपछि ताप्लेजुङकाे पाथीभरा मन्दिर तत्कालका लागि सुरक्षित भएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए।   हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको हो । हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेकाे र तत्कालका लागि मन्दिरको जोखिम हटेको प्रजिअ चापागाईँले बताए । तर आसपास रहेको जङ्गलको ठूलो क्षेत्रमा आगलागी भइरहेकोले निभाउन कठिन भएको उनले बताए ।  

महिला अधिकारकर्मीलाई साउदी अरबमा जेल सजाय

सायदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ ।चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार पाँच बर्ष आठ महिनाको जेल सजाय तोकेको हो ।   उहाँलाई आतङ्कवादसम्वन्धी अपराधमा सम्लग्न भएको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।ती महिला अधिकारकर्मीले आतङ्वाद विरुद्धको कानुन उलङ्घन हुनेगरी धेरै गतिविधिहरु गरेको सरकारी पक्षको दावी छ ।

प्रहरीमा ९ एसएसपीको डिआइजीमा वढुवा सिफारिस

काठमाण्डौं । नेपाल प्रहरीले ९ जना वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी)लाई डिआइजीमा बढुवाकाे लागि सिफारिस गरिएको छ । सोमवार बसेको बढुवा समितिको निर्णयले विभिन्न कार्यालयमा कार्यरत ९ जना एसएसपीलाई बढुवा गरिएको नेपाल प्रहरीले जनाएको छ । बढुवा हुनेमा राष्ट्रिय सुरक्षा परिषदको कार्यालय सिंहदरबारमा कार्यरत गणेशबहादुर ऐर, प्रहरी प्रधान कार्यालय नक्सालको आर्थिक शाखामा कार्यरत पुरुषोत्तम कंडेल, आतंकवाद नियन्त्रण शाखामा कार्यरत राजकुमार लालकर्ण, मानव बेचविखन ब्यूरोमा कार्यरत डा. देवबहादुर बोहोरा र यूएन महाशाखा

नयाँ कोरोनाभाइरस देखा परेसंगै साउदी अरेबियाद्धारा अन्तर्राष्ट्रिय उडान स्थगित

रियाद । साउदी अरेबियाले व्यावसायिक यात्रुबाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरे‎को हो । साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छन् ।   साउदीमा रहेका विदेशी नागरिकलाई देश छाड्न र कार्गो सामान ओसारपसारका लागि हवाई उडान खुला गरिएको साउदी सरकारको भनाइ छ । साउदी

काङ्ग्रेसले आज देशभर प्रदर्शन गर्दै

काठमाडौँ । संसद विघटनको विरोध गर्दै नेपाली कांग्रेस सडकमा उत्रिएको छ । आज देशभर प्रदर्शन गर्ने गरी कांग्रेसले तयारी गरिरहेको छ । प्रदर्शनका लागि नेताहरु आआफ्नो क्षेत्रमा परिचालन भएका छन् । आज देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने नेपाली कांग्रेसले जनाएको छ । प्रदर्शनका क्रममा शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । कांग्रेस सभापति शेरबहादुर देउवा भक्तपुरको क्षेत्र नम्बर २ मा सम्बोधन गर्नेछन् । शंखधर चोकमा हुने सभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम