समाज

अन्त्यमा गृहमन्त्री थापा ओलीकै पक्षमा

काठमाण्डौं । नेकपाको विभाजनमा सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले आफ्ना निकटवर्तीलाई आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने निर्णयमा पुगेको जानकारी दिएको बताइएको छ। उनीनिकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन। तपाईँको प्रगति होस्।”खरेलले बुधवार राति गृहमन्त्री थापाको सचिवालयबाट उनी प्रधानमन्त्री पक्षमा लागेको जानकारी आफूलाई दिइएपछि त्यस्तो लेखेको  बताए। प्रचण्ड पक्षमा लागेका उनले भने, “अहिलेसम्म

नेकपाको नेता भेट्दै चिनियाँ राजदुत

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) फुटेपछि दक्षिणी छिमेकी भारत मौन छ। उत्तरी छिमेकी चीनको भने सक्रियता बढेको छ ।   चिनियाँ राजदूत हाउ यान्छीले भेटघाट थालेकी छिन् । मंगलबार उनले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेटेकामा बिहीबार प्रचण्डसँग भेटघाट गरेकी छिन् । प्रचण्डलाई भेट्न उनी खुमलटार पुगेकी छिन् । प्रधानमन्त्री ओलीको संसद बिघटनको निर्णय र त्यसपछि पार्टी विभाजन भएपछि नेपालमा चिनियाँ रणनीति असफल भएको विश्लेषण भारतीय अखबारहरले गरेका छन् ।

प्रचण्ड- नेपाल र ओली समुहको वैठक छुट्टाछुट्टै ठाउमा वस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली समूहले दिउँसो साढे १२ बजे बालुवाटारमा वैठक डाकेको छ । बैठकमा सचिवालय सदस्यहरूको संख्या थप्ने, चुनावी तयारी तथा अर्को समूहले सरकारलाई पारेको अप्ठेरोको भण्डाफोर गर्न गाउँतहस्म कार्यकर्ता खटाउने विषयमा ओलीले निर्देशन दिने तयारी गरेको एक सदस्यले जानकारी दिए ।   काठमाडौँको बबरमहलस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे हुने पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहको बैठकमा पनि सचिवालय हेरफेर र महासचिवको मनोनयनको तयारी

कार्तिकमा हराएका नन्दराम अझै भेटिएनन

रुकुम पश्चिम । रुकुम पश्चिमबाट झण्डै दुई महिनाअघि हराएका बालक अहिलेसम्म पनि भेटिएका छैनन् । चौरजहारी नगरपालिका १ नाखिराका १४ वर्षीय नन्दराम गिरी (कुस विक्रम) नभेटिएको भन्दै उनका बुबा–आमाले खोजिदिन अनुरोध गर्नुभएको छ ।   ‘मेरो छोरा गएको कात्तिक १४ गतेदेखि हराएको हो’, उनका बुबा ध्रुव विक्रम गिरीले भन्नुभयो ‘प्रहरी, मिडिया सबैले खोजीमा सहयोग गरिदिनु भए आभारी हुने थिएँ ।’   जानकारीअनुसार ती बालक मुसिकोट नगरपालिका १ मा रहेको मामाघरमा

पशुपति खुलेसँगै भक्तजनहरुको चहलपहल वढ्यो

काठमाडौं । नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुलेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढ्न थालेको छ । पुस महिनाको चिसोमा पनि भक्तजन बिहानैदेखि दर्शन गर्न आउन थालेका छन् । भक्तजनलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । नौ महिनादेखि भेटीघाटी शून्य रहेको दानपेटिकामा पुस ५ गतेसम्म रु तीन लाख ८२

नेपाल-प्रचण्ड समुहका सांसदहरुको भेला दिउसो १ वस्दै

काठमाडौं । संसद विघटनपछि रणनीति बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुको भेला दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ।   प्रचण्ड र नेपालले आफ्ना निकटका नेताहरुलाई अनिवार्य रुपमा उपस्थित हुन निर्देशन दिएका छन्। ‘हामीलाई दिउँसो १ बजे अनिवार्य रुपमा उपस्थित हुन सूचना आएको छ,’ नेता मेठमणि चौधरीले भने।   भेलामा सहभागिता जनाउनका लागि उपत्यकाबाहिर रहेकालाई पनि अनिवार्य आउन निर्देशन दिइएको छ।

कांग्रेसको सर्वदलीय बैठक आज सांझ ४ बजे

काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ।पार्टी सभापति शेरबहादुर देउवाले आज अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्। ‘आज सर्वदलीय बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्छ,’ मुख्यसचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।   । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थाबारे छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो। बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको कांग्रेसले जनाएको छ। आइतबार प्रधानमन्त्री ओलीले

संसद विघटन संगै गृहमन्त्री थापा र लेखराज वाहेक सवै मन्त्रीहरुले राजीनामा दिने

काठमाडौं । सरकारले संसद बिघटन गरेपछि प्रचण्ड र माधव नेपाल पक्षका सबै मन्त्रीले सामूहिक राजिनामा दिने भएका छन् । गृहमन्त्री रामबहादुर थापा बादल र लेखराज भट्ट बाहेक अन्य मन्त्रीले राजिनामा दिन लागेका छन् ।   पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुषाल पनि राजिनामा दिन तयार भएका छन् ।   उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव राजीनामा दिने तयारीमा

अख्तियार प्रमुखमा राई , आयुक्तमा चन्द र सिलवाल सिफारिस

काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेमकुमार राईलाई नियुक्त गर्न सिफारिस गरेको छ । संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ३० मंसिरमा बसेको संवैधानिक परिषद्ले प्रमुख आयुक्तमा राई र आयुक्तमा जयबहादुर चन्द र किशोर सिलवालको नाम सिफारिस गरेको हो । राई पूर्व गृहसचिव हुन् भने चन्द नेपाल प्रहरीका पूर्व एआईजी हुन् । त्यस्तै किशोर सिलवाल मुख्य न्यायधीश हुन् ।

राष्ट्रपतिद्वारा संसद विघटन,  वैशाख १७ र २७ गते मध्यावधि चुनाव हुने

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आज आइतबार दिउँसो संसद विघटन गरेकी हुन । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गर्दै २०७८ वैशाख १७ र २७ गते  प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने जानकारी दिएको छ।