फेरि मुर्खता देखाए पाएको पनि सखाप हुन्छ-प्रचण्ड
जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजाले विगतमा ठूलो मुर्खता गरेको र अहिले फेरि त्यस्तो गरे सह्य नहुने चेतावनी दिएका छन् । जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानको क्रममा रौतहट पुगेका माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजालाई जबरजस्ती नगर्न चेतावनी दिए । स्थानीय जनतासँग प्रचण्डले भने, ‘पूर्वराजाले विगतमा ठूला मुर्खता गरेका छन् । फेरी पनि मुर्खता गरेर पाएको पनि सबै सखाप नपारुन भन्ने चाहन्छु ।’ उनले नेपाली जनताले उदारताका साथ