समाज

इजरायलबाट आज २५४ बिद्यार्थी नेपाल ल्याइँदै

काठमाडौं । इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् । प्यालेस्टाइनी अतिबादी समुह हमासले गरेको आक्रमण पछि युद्धरत रहेको इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन् । इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज गएराति त्यसतर्फ प्रस्थान गरेको थियो, आज इजरायलबाट नेपाली बिद्यार्थीसहित युद्धमा घाइतेहरुलाई नेपाल ल्याउँदैछ । परराष्ट्र मन्त्रालयका अनुसार नेपालीहरुलाई लिन गएको बिमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल अमेरिका प्रस्थान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्याल अमेरिका प्रस्थान गरेका छन् । अर्याल यही असोज २७ देखि ३० गते (अक्टोवर १४ देखि १७) सम्म संयुक्त राज्य अमेरिकाको San Diego California मा संचालन हुन गइरहेको International Association of Chiefs of Police (IACP) Conference मा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गरेका हुन् । अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिदाइ गरे । सशस्त्र प्रहरी

हट्यो नेपालगञ्जमा लगाइएको कर्फ्यु र निषेधाज्ञा

बाँके । बाँकेको नेपालगञ्जमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु र निषेधाज्ञा आज मंगलवारबाट हटेको छ ।  असोज १६ गते दिउँसो १ बजेबाट जारी कर्फ्यु र निषेधाज्ञा मंगलबार बिहान चार बजेदेखि पूर्ण रूपमा हटाइएको हो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपबहादुर केसीले मंगलबार विज्ञप्ति जारी गरी नेपालगञ्ज उपमहानगरपालिका र समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यु र निषेधाज्ञा हटाइएको बताएका छन् । सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर उत्पन्न विवादका कारण

इजरायलको युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीको उद्दार सुरु

काठमाडौं । इजरायल र प्लालेस्टानी विद्रोही हमासबीच युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धार थालिएको छ । इजरायलस्थित नेपाली दूतावासले इजरायली सुरक्षा संयन्त्रको पहलमा युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धार थालेको हो । दूतावासले सोमबार साँझ विज्ञप्ति जारी गर्दै युद्ध भइरहेको क्षेत्रका कृषि फार्फमा फसेका नेपाली विद्यार्थीलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली संघ संस्थाको सहयोगमा दूतावासले उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गर्न थालेको जनाएको हो । दूतावासका अनुसार केही

इजरायलमा ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो

काठमाडौं । इजरायल युद्धमा हालसम्म कम्तीमा ११ सय जनाको मृत्यु भएको छ । चरमपन्थी समूह हमासको आक्रमणमा परेर ७०० इजरायली र इजरायली सेनाको आक्रमणबाट ४०० प्यालेस्टिनीको मृत्यु भएको हो । शनिबार जमिन, अकास र समुद्रबाट एकैसाथ हमासले अचानक आक्रमण गरेपछि इजरायल प्रतिकारमा उत्रिएको थियो । इजरालयमाथि हमासको आक्रमण ५० वर्षयताकै ठूलो आक्रमण ठानिएको छ । आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमासविरुद्ध युद्ध लडिरहेको घोषणा गर्दै निमिट्यान्न पारिने चेतावनी दिएका छन्

सशस्त्रले दशैं तिहारमा निःशुल्क २ वटा बस सञ्चालन गर्ने

काठमाडौं । सशस्त्र प्रहरी बलले दसैं, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा दुई वटा बस सेवा सञ्चालन गर्ने भएको छ ।  चाडपर्वको समयमा घर बिदा जाने सशस्त्र प्रहरी कर्मचारीको आवतजावतमा यातायात सहजताको लागि गत वर्षदेखि सञ्चालन भएको सशस्त्रले निःशुल्क बस सेवाले यस वर्ष पनि निरन्तरता पाउने भएको हो । सशस्त्र प्रहरी प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ,

दशैमा घर जाने यात्रुमा उत्साह,बसपार्कमा बिहानैदेखी लाइन

काठमाडौँ । दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । गत शुक्रबार असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको थियो । टिकट बुकिङ खुला भएसँगै नयाँ बसपार्कस्थित टिकट काउन्टरमा लामो लाइन देखिएको छ । दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ । विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झन्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ

दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ आज सोमबारदेखि खुल्ला हुँदैछ । दशै सुरु हुन एक साता बाँकी हुँदा लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ला भएको हो । यसवर्ष दशैंमा भाडा बृद्धि नहुने भएको छ । भाडा वृद्धि नगरी पुरानै भाडामा टिकट बिक्री गर्न यातायात व्यवसायी सहमत भएका छन् । काठमाडौं उपत्यकाबाट दशैंको समयमा २० लाख यात्रु बाहिरिने गरेको विगतको तथ्यांक रहेको छ । यात्रुलाई

चाडपर्व नजिकिए संगै बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

नेपालगञ्ज । नेपालगञ्ज बसपार्कमा आजदेखि यात्रु सहायता कक्ष शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चाडपर्व लक्षित बसपार्कमा आजदेखि यात्रु सहायता कक्ष शुरु गरेका हुन । सहायता कक्षको उद्घाटनमा ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना, गलत क्रियाकलाप तथा प्रतिक्रियाहरु हुन नदिनका लागि सहायता कक्ष स्थापना गरिएको बताए । कार्यक्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक

तुइनको डोरी चुडिँदा ३८ वर्षीय मक्करसिंह कर्णाली नदीमा खसे

हुम्ला । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ । कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने