समाज

अस्पतालबाट फर्केर पुन: अनशन बसिन् भारती

काठमाडौं । तरुण दलका नेता योग ढकाल रिगलको आममाफी विरुद्ध भारती मानन्धर आज पुनः माइतीघरमा अनशन बसेकी छन् ।  हिजो बुधबार सर्वाेच्च अदालत परिसरमै बेहोस भएर ढलेपछि उपचारका लागि वीर अस्पताल लगिएकी भारती उपचारपश्चात आज फेरि अनशन बसेकी हुन् । सरकारले आफ्ना श्रीमान् श्रीमान चेतन मानन्धरका हत्याराको बाँकी कैद मिनाह गरेको विरोधमा उनले हिजोदेखि अनशन सुरु गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकेका योग ढकाल

सुरक्षाकर्मीलाई सचेत रहन निर्देशन

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सुरक्षाकर्मीलाई सचेत रहन निर्देशन दिएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकमा देशका विभिन्न भागमा साम्प्रदायिक गतिविधिहरु बढिरहेको विषयमाथि छलफल भएको थियो । बैठकपछि जारी विज्ञप्तिमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण सम्बन्धमा समीक्षा भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला केही दिनहरुमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधिहरु,

बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बांकी

काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भइसकेको छैन । 

डिआइजीकै संरक्षणमा जुवा सञ्चालन

काठमाडौं । व्यापारी र उद्योगपतिहरूको सहरको रुपमा चिनिएको कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकासँगै जोडिएको एक गाउँपालिकामा करोडौंको अवैध जुवा खेल सञ्चालन हुँदै आएको स्थानीयले दृष्टिलाई बताएका छन् । कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बाँस्तोला र मोरङ जिल्ला प्रहरीका कार्यालयका प्रमुख एसपी प्रमुख दीपक पोखरेल दुवैले उक्त घटनामा आँखा चिम्लिएर बसेका छन् । कोशी प्रदेशको राजधानी विराटनगर महानगरसँगै जोडिएको ग्रामथान गाउँपालिकाको वडा नम्बर ४ मा रहेको मोतीपुरस्थित लोहोन्द्रा नदीको आसपास

डाक्टरमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउपर्नेमा गुल्मी घर भई चाबहिल बस्दै आएका रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतम रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए । आइतबार काठमाडौं मेडिकल कलेजमा डाक्टर मनिष खड्कामाथि हातपात गरेको उनीहरुमाथि आरोप लागेको छ । प्रहरीका

बिहानैदेखि वीरेन्द्रनगरको एरिचोक तनावग्रस्त

सुर्खेत । शुक्रबार र शनिबार छुट्टा–छुट्टै भएको घटनामा परी मृत्यु भएका दुई जना बालकका आफन्तले वीरेन्द्रनगरको एरिचोकमा आइतबार बिहानैदेखि पुनः आन्दोलन सुरु गरेका छन् । दुवै बालकका आफन्तद्वारा संयुक्त रूपमा आन्दोलनका कार्यक्रमहरू अगाडि बढाइरहेका छन् । जसका कारण एरिचोक परिसर बिहानैदेखि तनावग्रस्त अवस्थामा छ ।  वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका–६ खिड्कीज्यूला घर भएका पाँच वर्षीय बालक दिग्दर्शन पुरीको शनिवार मृत्यु भएको थियो । यस्तै

दोभानमा भेटियो खोलाले बगाएको जिप

पर्वत : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जिप फेला परेको छ। कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जिप फेला परेको हो। जिपसँगै एक जना यात्रु मृत भेटिएका छन् । मृतकको सनाखत भने भइसकेको छैन। जिपमा सवार रहेका अन्य दुई यात्रुको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए।

खाना पकाउने ग्यास  सिलिण्डर २१५ ले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार (भोलि) बिहान १ बजदेखि लागु हुने गरी मूल्य बढाइएको हो । खाना पकाउने ग्यासको मूल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको छ ।  यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

सुर्खेत। मोटरसाइकलको ठक्करबाट सुर्खेतमा पाँच वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको आठविस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका पाँच वर्षीय टुकदर्शन गिरी रहेकाको  प्रहरीले जनाएको छ ।  वीरेन्द्रनगरको एरिचोक–मुलपानी खण्डमा मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई कर्णाली केयर अस्पतालमा लिइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको प्रहरीले जनाएको छ । अहिले आफन्तहरूले वीरेन्द्रनगरको

सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ घाइते

सल्यान । सल्यानको छत्रेश्वरीमा गएराति जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका- ५ तीर्थपोलेमा लु १ ज १८६१ नम्बरको जिप दुर्घटना हुँदा सल्यानकै शारदा नगरपालिका- १२ तिमिलेकी करिब ७५ वर्षीया ध्रुवी बोहरा र शारदा- १५ बरलाका ४५ वर्षीया मुना सेजवालको मृत्यु भएको प्रहरीले जनाएको छ। छत्रेश्वरी गाउँपालिका- ५ लेखपोखराबाट शारदा नगरपालिका- १२ कागखोला तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले