ठाउँठाउँमा पहिरो खस्दा कर्णाली राजमार्गमा आवतजावत ठप्प
दैलेख । भारी वर्षाको कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने दहीखोला र कालिखोला बीचको सडक अवरुद्ध भएको हो । गएरातिदेखी कर्णालीमा भारी वर्षा हुंदा आएको बाढी र पहिरोले दैलेख–कालिकोटखण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।दहीखोला र कालिखोलाबाहेक दैलेख खण्डकै पादुका र साँगेतडाको बीचमा पनि ५ स्थानमा सडक अवरुद्ध