समाज

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विश्वासको मत पाएका छन् । बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज प्रदेशसभाबाट विशवासको मत पाएका हुन् । चौधरीको पक्षमा ५३ मत र विपक्षमा २९ मत खसेको थियो ।  कांग्रेसका तर्फबाट मुख्यमन्त्री भएका चौधरीलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए । एमालेका

प्रहरीका १८ एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाण्डौं । नेपाल प्रहरीमा रिक्त १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस भएको छ। शुक्रबार बसेको गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले १८ जना प्रहरी उपरीक्षक (एसपी) हरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

बाजुर केन्द्र भएर ५.९ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज राति १ बजे ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ  भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो। बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गएराति ११ बजेर ५८ मिनेटमा पनि ४ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै वैशाख १० गते पनि ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । यसअघि

दिउँसो १ बजे राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं। राष्ट्रिय सभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेको हो । बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची रहेको संसद सतिवालयले जनाएको छ । आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले प्रतिलिपि हधिकार (पहिलो संशोधन) विधेय २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव पेस गर्ने संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख

डीआईजीहरुको पदस्थापनः मधेशमा भट्टराई,कोशीमा बास्तोला

काठमाण्डौं : नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका १३ जनाको पदस्थापन गरेको छ ।

तुइनबाट खसेर बेपत्ता भण्डारीको शव भेटियो

दार्चुला । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । शनिबार दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदीपारि भारततर्फ फेला परेको हो । महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए । उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् । उनी सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय भू–भाग धारचुला हुँदै घर फर्किदै

आज मुस्लिम समुदायले ‘इदुलफित्र’ मनाउँदै

काठमाडौं । आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ मनाइँदैछ ।यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मालम्बीहरु एक महिना रोजा (ब्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ । चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बसिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिए पछि सोही शुक्रबारवाट व्रत बस्न सुरू भएको थियो भने हिजो साउदी अरब, मक्का मदिनामा चन्द्रमा देखिए पछि ‘इदुल

न्युरोडबाट पाँच किलो सुनसहित दुईजना पक्राउ

नेपालगञ्ज ।बाँके प्रहरीले झण्डै ५ किलो सुनसहित २ जनालाई नेपालगञ्जको न्युरोडबाट पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको हो । नेपालगञ्जको न्यूरोड क्षेत्रबाट पक्राउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर रहेका छन् । उनीहरुलाई प्रहरीले ४ किलो ९ सय २७ दशमलव २ सय १८ ग्राम सुनसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुले तयारी गरगहना बनाएर ल्याएका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सेती खोंचमा खसेर १२ वर्षीया बालिकाको मृत्यु

कास्की । पोखराको सेती खोंचमा खसेर एक बालिकाको मृत्यु भएको छ । शनिबार पोखरा–१५ स्थित सीताराम पुलनेरको चिरा परेको जमिनमा १२ वर्षीया स्मृति पराजुली खसेकी थिइन् । उनको उद्धार गरेपनि अस्पतालले अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ । पोखरा ८ नागढुंगा बस्ने पराजुली साथीहरुसँग घुम्नका लागि सो ठाउँ पुगेको बताइएको छ । शनिबार दिउँसो ३ बजेतिर उनी सेती खोंचमा खसेको कास्की प्रहरीले जनाएको छ । ती बालिका खसेसँगै जनपद

आजदेखि नयाँ वर्ष २०८० सुरु

काठमाडौं । आजबाट नयाँ वर्ष २०८० सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते देश विदेशमा बस्ने नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइरहेका छन् । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने