समाज

रास्वपा गृह मन्त्रालय नपाए आजै सरकारबाट बाहिरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएका छन् ।लामिछानेले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग आफुलाई गृहमन्त्रीको जिम्मेवारी दिन आग्रह गरेका थिए । तर, प्रचण्डले ठोस जवाफ नदिएर सल्लाह गर्छौ भनेपछि लामिछानेले आज साँझसम्म गृह मन्त्रालयको जिम्मेवारी नपाए आफ्नो पार्टी सरकारबाट बाहिरिने जानकारी गराएको स्रोतले जानकारी दियो । गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै उनको उपप्रधान तथा गृहमन्त्री र

आजबाट वर्षा सुरु हुने, तीनवटा प्रदेशमा हिमपात

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी  प्रदेशका थोरै भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।थोरै भू–भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

ललितपुरको एक कागज गोदाममा आगलागी

काठमाण्डौं । सोमबार राती ललितपुर महानगरपालिका-२ सुन्दरीघाटस्थित एक कागजको गोदाममा आगलागी भएको छ । उक्त कारखानामा राती दस बजेतिर आगो लागेको हो। चार वटा दमकल, प्रहरी लगायतले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। आगलागी कसरी भएको भन्ने खुल्न बाँकी रहेको एसपी प्रविण पोखरेलले बताए।

सोमबार रातिदेखि पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डौं । उल्लेखनीय मौसमी प्रणाली नहुँदा आज प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती र मधेश प्रदेशलगायत प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ। अहिले तराई क्षेत्रमा भने हल्का हुस्सु र कुहिरो लागेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका

आज सोनाम ल्होसार मनाइँदै

काठमाडौं । तामाङ समुदायले आज सोनाम ल्होछार पर्व विविध कार्यक्रम आयोजना गरी मनाउँदैछ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार यो वर्ष पनि देशभर विविध कार्यक्रम गरी मनाउन लागिएको हो । ल्होसार मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो

चिसोले खुम्बुमा पानी जम्न थाल्यो

सोलुखुम्बु । अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ । यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको पानी नपग्लिँदा खुम्बुवासीको दैनिकी कष्टकर बन्न थालेको स्थानीय दामु शेर्पाले बताए । उनका अनुसार खुम्बु क्षेत्रमा खानेतेलदेखि घरभित्र भरेर राखेको पानीसमेत जमेर ढिक्काजस्तै हुने गरेको छ । खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी र केही नागरिक

आज पृथ्वी जयन्ती देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको अवसरमा २७ पुस (आज) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सत्ता साझेदार दल राप्रपाले पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको थियो । पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई उसले प्रमुख शर्तका रूपमै अघि सारेको थियो । सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते

खुकुरी प्रहार गरी फरार भएका ४ जना पक्राउ

नेपालगन्ज । नेपालगंजको गणेशपुरमा खुकुरी प्रहार गरी फरार रहेका ४ जनालाई पक्राउ गरि सोमवार बाँके प्रहरीले सार्बजनिक गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज-१८ बस्ने विनय भण्डारी, राप्तीसोनारी गाउँपालिका- २ बस्ने नारायण डाँगी, बैजनाथ गाउँपालिका-५ बस्ने प्रकाश रसाईली र नेपालगन्ज-६ बस्ने तासे भन्ने प्रकाश थापा रहेका छन। उनीहरुलाई खोजतलास गर्दै पिछा गर्ने क्रममा बाँकेको डुडुवा गाउँपालिका वडा नं-२ दासपुर्वा भन्ने स्थान बाट नियन्त्रणमा लिइएको बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी

सरकारमा सहभागी हुने नहुनेबारे एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा वर्तमान सरकारमा सहभागी हुने/नहुनेबारे आज निर्णय गरिने उनले बताए । एकीकृत समाजवादीको यसअघि शनिबार र आइतबार स्थायी कमिटीको बैठक बसेको थियो । बैठकमा धारणा राख्ने अधिकांश सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए । केही सदस्यले तत्काल सरकारमै सहभागी हुनुपर्नेमा जोड दिएको

नेपाल प्रहरीका नवनियुक्त इन्स्पेक्टरले लगाए फूली

काठमाडौं । जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताद्वारा प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १ सय सात जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त प्रहरी निरीक्षकहरुलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै आगामी दिनमा अझ बढी व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारीलाई वहन गर्न निर्देशन दिए