समाज

नेकपाको आन्तरिक विवाद मिलाउन दोस्रो पुस्ताका नेताहरु सक्रिय

काठमाडौं । नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुबीच आज पनि छलफल भएको छ । संवाद सकारात्मक र मिलनविन्दु नजिक पुगेको भएपनि निष्कर्षमा पुग्न बाँकी रहेको बैठकमा सहभागी नेताहरुले बताए । एमाले भित्रको विवादमा दोस्रो पुस्ताका नेताहरुबीच मोटामोटी सहमतिको विन्दु फेला परेमा शीर्ष नेताहरुलाई संवादका लागि पहल गर्ने तयारी नेताहरुको छ । तर दोस्रो तहमै वार्ता अझै सार्थक रुप लिइनसकेकाले सहमतिको प्रयास जारी रहेको बताइएको छ ।

दुई चिनियाँ सहित एक भारतीय नागरिकको शव फेला

सिन्धुपाल्चोक । मेलम्चीमा मंगलबार राति आएको बाढीमा बेपत्ता २० जनामध्ये दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको छ । चिनियाँ नागरिक गोङ टियान छियो सिन्धुपाल्चोकको इन्द्रावती खोला किनारमा र अर्का चिनियाँ नागरिक यु चि झु र भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुलीको सुनकोसी नदी किनारमा भेटिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । हराइरहेका १७ जनामा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका १४ जना, दुई भारतीय र १ चिनियाँ नागरिक

ओली सरकारमा सहभागी सबै मन्त्री पार्टी सदस्यसमेत नरहने गरी जसपाबाट निष्कासित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव नेतृत्वको पक्षले सरकारमा सहभागी सबै मन्त्रीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जेठ ८ गतेको बैठकको निर्णयकै आधारमा सरकारमा सहभागी जसपाका नेताहरू स्वतः निष्कासनमा परेको प्रष्ट जनाएकाे हाे । बैठकले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाएका ४ जना सांसदलाई कारवाही गर्ने प्रक्रिया थाल्ने निर्णय समेत गरेको छ । यस्तै बैठकले निर्वाचन

दाङमा बञ्चरो प्रहार गरि श्रीमतीको हत्या

दाङ । दाङको घोराहीमा बञ्चरो प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ बर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरि ४६ बर्षीया स्याना कुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एवं प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए । सामान्ने घराएसी बिबादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले श्रीमती स्याना कुमारी चौधरीको टाउकोमा बञ्चरो प्रहार गरि सक्त घाइते

दुखमा राजनिति गरेको भन्दै मेलम्चीबासिद्धारा अनेरास्ववियुको राहत अस्वीकार

काठमाडौं । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो संगठनको ब्यानर राखेर सिन्धुपाल्चोकको मेलम्चीमा राहत वितरण गर्न थालेपछि स्थानीयबाँसीले लखेटेका छन् । पीडितहरुमाथि राजनीति गर्न खोजेको भन्दै स्थानीयले ब्यानर हटाउन खोजेपछि केही समय  झडप समेत भएको थियोे । दुखत समयमा राजनीति गर्न खाेजेकाे भन्दै  स्थानीयले अनेरास्ववियुको ब्यानर समेत च्यातिदिएका छन् । मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभावितहरूका लागि खाद्यान्न लगायतका राहत सामग्री वितरणका लागि  व्यानर सहित पुगेका उनीहरू र स्थानीयबासी विच अवस्था

प्रहरीका असईमाथी कार्यलयमा जातिय दुर्व्यवहार, भएन छानबिन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मणिकान्त झामाथि कार्यालयमा जातीय दुव्र्यवहार भएको छ । आफुलाई अभियान्ता भन्ने ज्वाला संग्रौलाको समूहले मधेसको भन्दै उनलाई कार्यालयमै दुर्व्यवहार गरेकी हुन् । उनलाई मधेसमै सरुवा गरिदिने भनेर समेत उनले धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । संग्रौलाको समूहलाई कारबाहीको माग व्यापक भएको छ । तर, त्यसतर्फ प्रहरीले कुनै चासो दिएको छैन । त्यसरी असईलाई दुव्र्यवहार हुँदा पनि महाराजगञ्ज ट्राफिक

गण्डकीका मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत लिने तयारी थालेका छन् । गत असार २८ गते साँझ मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएका हुन् । मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिनेगरी तयारी थालेका हुन् । विश्वासको मत लिनुभन्दा दुई दिन अघि संसदलाई सरकारले जानकारी दिनु पर्ने संवैधानिक ब्यवस्था भएकाले संसद सचिवालयमा विश्वासको मतका लागि सूचना दर्ता भएको

असार २५ गतेसम्म कर तिर्न सरकारको आग्रह

काठमाडौं । सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो । विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ ।

ठूलो परिमाणमा लागुऔषध गाँजासहित हेटौडाबाट ५ जना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडाबाट ९६ किलो ४ सय ग्राम लागुऔषध गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग स्थित हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोडबाट प्रहरीले उक्त परिमाणको लागुऔषध गाँजासहित कन्टेनर र ५ जनालाई पक्राउ गरेको हो । मंगलबार राती १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलीले ना.२ ख ५५७९ नम्बरको कन्टेनर गाडीमा लुकाईछिपाई ल्याइको लागुऔषध गाँजा ९६ किलो ४ सय ग्रामसहित ५ जनालाई पक्राउ

दश वर्षिय छोरीको बलात्कार पछी हत्या गरेको आरोपमा बुवा पक्राउ

कैलाली । कैलालीमा आफ्नै छोरीको बलात्कार गरि हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका- २ की १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा उनका ५१ वर्षीय बुवा पक्राउ परेका हुन् । घर परिवारले दाहसंस्कार गर्ने तयारी गरिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले घटनास्थल र शव जाँच लगायतको कार्य पुरा गरी शव पोष्टमार्टम तथा यौनजन्य परिक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको जिल्ला प्रहरी