स्वास्थ्य

केएमसी हस्पिटलको तेस्रो तलाबाट हाम फालेका युवकको ज्यान गयो

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट हाम फालेका २६ वर्षीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुका २६ वर्षीय रोशन खड्का रहेका छन् । सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका ती युवकको उपचारको क्रममा मृत्यु भएको हो । हाम फाल्दा गम्भिर घाइते भएका युवकको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । युवक मानसिक रोगी रहेको बताइएको छ । घरमा हात, खुट्टा पोलेपछि उनलाई अस्पतालमा

बलिउडका लोकप्रिय गायक कुमार सानुलाई कोरोना संक्रमण

काठमाडौँ। सन् १९८०÷९० का दशकमा आफ्नो सुमधुर आवाजले मन्त्रमुग्ध बनाएका गायक हुन्, कुमार सानु । आफ्नो फरक आवाज र अन्दाजले एउटा पुस्तालाई रोमान्टिक गीतको स्वाद दिएका कुमार सानुलाई कोरोना संक्रमण भएको छ। सामाजिक सञ्जाल फेसबुकमा कुमार सानुका सहयोगीहरुले गायकलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन्। कुमार सानुलाई कोरोना संक्रमण भएपछि उनका सहयोगीहरुले गायकको स्वास्थ्यको कामाना गर्न सम्पूर्ण प्रशंसकहरुसँग आग्रह गरेका छन्। सामाजिक सञ्जालमा सहयोगीले लेखे, ’ दुर्भाग्यवश सानु दालाई कोरोना

बाँकेमा दुई जना महिलामा कोरोना भाइरसको संक्रमण दोहोरियो

नेपालगन्ज ३०, असोज । बाँकेमा दुई जना महिलामा कोरोना भाइरसको संक्रमण दोहोरिएको छ । २६ बर्षीया ती महिलामा असोज अन्तिम साता दोस्रो पटक भाइरस संक्रमण देखिएको हो । एक जनामा पहिलो पहिलो पटक संक्रमण देखिएको दुई महिनापछि र अर्की महिलामा ५२ दिनपछि संक्रमण दोहोरिएको छ । उनीहरु दुवैको उमेर २६ बर्ष रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । उनीहरुमा सुरुमा पनि सामान्य लक्षण चिन्ह देखिएको थियो । अहिलेपनि

तस्विरः फाइल

बाँके ३०, असोज । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत् एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । चौरजहारी नगरपालिका १४ रुकुमका ३३ बर्षीय पुरुषको शुक्रबार विहान ५ बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज २१ गते अस्पताल भर्ना भएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको त्यसैदिन स्वाब संकलन गरिएको थियो । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । उनलाई कडा खाले कोभिड

प्रदेश पाँचमा विहीबार अहिलेसम्मकै धेरै संक्रमित फेला

बुटवल २९, असोज । प्रदेश पाँचमा विहीबार अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् । सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको कोभिड १९ सम्वन्धी मिडिया व्रिफिङमा मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले ३ सय ८८ जनामा भाइरस संक्रमण देखिएको जानकारी दिनुभयोे । विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ठूलो संख्यामा संक्रमित फेला परेको भन्दै थप सजगता अपनाउन उहाँले सबैलाई आग्रह समेत गर्नुभएको छ । विहीबार रुपन्देहिमा १ सय २९, प्यूठानमा ५२, दाङमा ४५,

थपिए ३७३९ संक्रमित, ३५३४ जना डिस्चार्ज, १९ जनाको निधन

काठमाडौं २९, असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार ५ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ। पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको

विराटनगरमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाडौं – विराटनगरमा कोरोनाभाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–५ का ५० वर्षीय पुरुष र सुनसरीको धरान–१५ का ६६ वर्षीय बृद्ध रहेका छन् । उनीहरु दुवैको कोशी अस्पताल ९कोभिड–१९० उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । असोज २१ गते कोरोना संक्रमण पुष्टि भएका ५० वर्षीय पुरुषको आज बिहान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई उच्चरक्तचाप, मधुमेह र पिसाबसम्बन्धी समस्या रहेको

बालबालिकासहित ३३ जनामा कोरोना पोजेटिभ

नेपालगन्ज २५, असोज । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ३३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ९० नमुना परीक्षण गर्दा ३३ जनामा भाइरस संक्रमण देखिएको हो । बाँकेका १७ र बर्दियाका १६ जनामा भाइरस पोजेटिभ देखिएको अस्पतालले जानकारी दिएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका दुई बालक बालबालिकामा पनि भाइरस देखिएको छ । तीन बर्षका बालक र ६ बर्षकी बालिकामा कोरोना पोजेटिभ

डा. केसीले तोडे अनशन, सफाइ कर्मचारीले पिलाए जुस

काठमाडौं २५, असोज । डा गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा। केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् । डा। केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् । चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा। केसीले गत २९ भदौदेखि

भेरीमा कोरोना भाइरस संक्रमित थप दुई जनाको मृत्यु

नेपालगन्ज २४,असोज । नेपालगन्जमा कोरोना भाइरस संक्रमित थप दुईजना विरामीको मृत्यु भएको छ । नेपालगन्ज  १० का ८४ बर्षीय पुरुष र कोहलपुर ८ गोल्छाका ७१ बर्षीया महिलाको भेरी अस्पताल नेपालगन्जमा शनिवार राती मृत्यु भएको हो । मृतक ८४ बर्षीय पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि कोभिडको आंशकामा असोज ६ गते बागेश्वरी ल्याबबाट स्वाव संकलन गरिएको थियो । असोज ७ गते कोभिड पोजिटिभ रिर्पोट आएपछि अस्पतालमा भर्ना भएका उनलाई स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा